१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ६ शनिबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज ६ शनिबार १२:o९:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

घरेलु हिंसाको कथामा बनेको टेलिसिरियल ‘सीता’को ट्रेलर सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ६ शनिबार १२:o९:oo

सहिन प्रजापतिको लेखन तथा निर्देशनमा आउँदै गरेको टेलिसिरियल सीताको ट्रेलर सार्वजनिक भएको छ।

आरटी इन्टरटेन्मेन्टमार्फत सार्वजनिक ट्रेलरमा गरिबीको पीडा, महिलामाथिको विभेद, शिक्षाबाट वञ्चित चेलीको अवस्था र सामाजिक समस्याहरूलाई मुख्य रूपमा उठान गरिएको छ। सीता नाम दिएर सिरियलमा बिम्बको रूपमा प्रस्तुत गरिएको छ।

सीताको भूमिकामा सुनिसा बजगाईंले सशक्त अभिनय गरेकी छिन्। त्यस्तै, लेखक तथा निर्देशक सहिन प्रजापतिको अभिनय पनि हेर्न सकिन्छ।

त्यस्तै, बालकृष्ण ओलीले सीताको जँड्याहा श्रीमानको भूमिका निभाएका छन्। ट्रेलरमा राजु भुजु, सविता गुरुङ, तारा केसी, आरके मानन्धर, बासु खनाल, उत्तम आचार्यलगायतको मुख्य भूमिका देख्न सकिन्छ।

यही असोज ८ गते राति ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुने टेलिसिरियलले दर्शक स्रोताहरूको मन जित्नेमा निर्माण पक्ष ढुक्क छ। प्रत्येक मंगलबार ८ बजे टेलिभिजनबाट प्रसारण भएपछि ८ः३० मा आरटी इन्टरटेन्मेन्ट युट्युब च्यानलमा हेर्न सकिनेछ।