मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असोज ५ शुक्रबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o असोज ५ शुक्रबार ११:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शिक्षकसँगको वार्ता आजै टुंगोमा पुर्‍याउन कार्यवाहक प्रधानमन्त्री खड्काकाे निर्देशन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ५ शुक्रबार ११:४६:oo

कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरूसँगको वार्तालाई सकेसम्म आजै टुंगोमा पुर्‍याउन सरकारी वार्ताटोलीलाई आवश्यक सुझाव तथा निर्देशन दिएका छन्।

रक्षा मन्त्रालयमा आज बिहान सरकारी वार्ता टोली संयोजक  उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चारमन्त्री रेखा शर्मा, मुख्यसचिव वैकुण्ठ अर्याल र विभागीय सचिवहरूसँग छलफल गरेका हुन्। 

शिक्षकका जायज माग सम्बाेधन हुने गरी वार्तालाई सकेसम्म आजै निष्कर्षमा पुर्‍याउने गरी काम गर्ने विषयमा छलफल भएको हो।