मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ५ शुक्रबार
  • Thursday, 26 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असोज ५ शुक्रबार ११:२५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विभिन्न सुविधाको ‘एनएमबि बुद्ध’ भिसा डेबिट कार्ड सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ५ शुक्रबार ११:२५:oo

 एनएमबि बैंक लिमिटेड र बुद्घ एयरले एनएमबि बुद्घ भिसा डेबिट कार्ड सार्वजनिक गरेका छन् । सो कार्डले ग्राहकको यात्रालाई अझै सहज बनाउने विश्वासका साथ एनएमबि बैंक र बुद्घ एयरले यो डेबिट कार्ड सार्वजनिक गरेका हुन् । 

को–ब्रान्डेड डेबिट कार्डका ग्राहकले काठमाडौं उपत्यकाभित्र रहेका बुद्घ एयरका तीन काउन्टरहरू, एयरपोर्ट, सिनामंगल र जावलाखेलबाट हवाई टिकट खरिद गर्दा हवाई भाडामा १० प्रतिशत छुट पाउने जनाइएको छ । यसका साथै ग्राहकले आन्तरिक टर्मिनलबाट यात्रा गर्दा थप पाँच किलो सामान निःशुल्क लान सक्ने जनाइएको छ ।  

एनएमबि बुद्घ भिसा डेबिट कार्ड प्रयोेग गर्ने ग्राहकलाई शतप्रतिशत भाडा क्यासब्याक गर्नु यस कार्डको मुख्य विशेषता रहेको बैंकले जनाएको छ । नेपालको जुनसुकै कुनामा रहेका एटिएमबाट निःशुल्क नगद झिक्ने सुविधासमेत यस कार्डका प्रयोगकर्तालाई प्रदान गरिएको बैंकले उल्लेख गरेको छ । बैंकले हाल देशभरि दुई सय एक शाखा, एक सय ४६ एटिएम र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।