मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
नयाँ पत्रिका काठमाडाैं
२०८० असोज ५ शुक्रबार ११:०८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नवौँ संस्करणको फर्निचर एक्स्पो १० असोजदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० असोज ५ शुक्रबार ११:०८:००

काठमाडौंको भृकुटीमण्डपमा असोज १० गतेदेखि फर्निचर एक्स्पो आयोजना हुने भएको छ । नेपाल फर्निचर तथा फर्निचर संघ (एनएफएफए)ले नवौँ संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स २०२३) आयोजना गर्न लागेको हो । 

आयोजक एनएफएफएले एक्स्पोको तयारी तीव्र पारेको बताएका छन् । नेपालको फर्निचर तथा फर्निसिङ बजारको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गरिएको संघका अध्यक्ष दिनेश अग्रवालले बताए । उनले भने, ‘आर्थिक गतिविधि सुस्त भइरहेका वेला एक्स्पोले बजारमा आर्थिक क्रियाकलाप चलायमान बनाउन सघाउने विश्वास लिएका छौँ ।’ 

एक्स्पोमा प्रवेश निःशुल्क गरिएको जनाइएको छ । एक सयभन्दा बढी स्टलहरू रहने एक्स्पोमा मुख्यतया फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिने आयोजकको भनाइ छ ।

फर्निचर तथा फिर्निसिङ क्षेत्रमा आबद्ध उद्योगी–व्यवसायीलाई समेटेर बृहत् र भव्य रूपमा आयोजना हुन लागेको एक्स्पोलाई किङ कोयलले शीर्ष प्रायोजन गरेको छ । त्यसैगरी, एक्स्पोको इन एसोसिएसन विथमा प्रेस्टिज कार्पेट रहेको छ भने पावर्ड वाईमा फर्निचर हब प्रालि रहेको छ । 

नेपाल चेम्बर अफ कमर्स र नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले इन्डोर्स गरेको एक्स्पोको मेन स्पोन्सर्समा डल्फिन मोड्युल्ड फर्निचर, फिदरलाइट, आरओके प्रोडक्ट इन्डस्ट्रिज, सरावगी ओभरसिज र यती पोलिकेम रहेका छन् । इभेन्ट सोलुसन प्रालिले व्यवस्थापन गरेको एक्स्पोको अफिसियल पार्टनरमा लङसे, भिवोन चियर र वेबट्युन रहेका छन् ।