१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १o:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जंगली जनावरको आक्रमणबाट दुई महिनामा चारजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:o६:oo

चालू आर्थिक वर्षको दुई महिनामा जंगली जनावरको आक्रमणबाट चारजनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघको आक्रमणबाट दुईजना, गैँडाको आक्रमणबाट एकजना र गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको हाे ।

माछा मार्ने क्रममा र केराघारीमा जाँदा दुईजनाको बाघको आक्रमणमा परी मृत्यु भएको हो । भरतपुर महानगरपालिका– २८ का आसबहादुर बोटे र खैरहनी नगरपालिका– १२ का अनिल तामाङको बाघको आक्रमणबाट मृत्यु भएको उनले  जानकारी दिए । 

सूचना अधिकारी तिवारीका अनुसार मध्यवर्ती सामुदायिक वनमा निउरो टिप्न गएका रत्ननगर नगरपालिका– ६ का नवराज अधिकारीकाे गैँडाको आक्रमणमा परी मृत्यु भएको थियो । यस्तै, रत्ननगर नगरपालिका– ५ का फगुन्ना महतोलाई गोहीले आक्रमण गरी मृत्यु भएको उनले बताए । 

सूचना अधिकारी तिवारीले सोही समयमा निकुञ्जभित्र चारवटा गैँडा मृत भेटिएका जानकारी दिए ।  यसमध्ये एउटा चोरी सिकारीले मारेका हुन् भने दुईवटा आपसमा जुधेर र एउटा बाघ र गोहीको आक्रमणबाट मरेका हुन् । मृत भेटिएका गैँडामध्ये दुईवटा भाले रहेका छन् भने दुईवटाको पहिचान हुन नसकेको उनले बताए । 

निकुञ्जका अनुसार आर्थिक वर्ष ०७२/७३ देखि हालसम्म निकुञ्जमा दुई सय चारवटा गैँडा मरेका छन् । तीमध्ये एक सय दुईवटा भाले, ७८ वटा पोथी र ४७ वटाको पहिचान हुन सकेको छैन । अहिलेसम्म मरेका गैँडामध्ये बुढो भएर र भिरबाट लडेर ६८, दलदलमा परेर र बाढीले बगाएर १९, आपसमा जुधेर ५४, बाघ र गोहीको आक्रमणबाट १६ रहेका छन् । यस्तै, सम्भावित चोरी सिकारीले सातवटा, विद्युतीय करेन्ट लागेर सातवटा, बिरामी भएर ११, खाडलमा परी तीनवटा, विष सेवनबाट पाँचवटा र कारण नखुलेको २८ वटा गैँडा मरेको सूचना अधिकारी तिवारीले जानकारी दिए । 

ad
ad