मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २० बुधबार
  • Wednesday, 06 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० असोज ४ बिहीबार १८:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भाषासम्बन्धी मुद्दामा ‘एमिकस क्युरी’ मगाउने आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज ४ बिहीबार १८:५७:००

नेपाली शब्दकोशबाट ॐसहितका शब्द हटाउने गरी सरकारले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतले ‘एमिकस क्युरी’ मगाउने  आदेश गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडाल र विनोद शर्माको संयुक्त इजलासले सरकारको निर्णयविरुद्ध परेको रिटमा एमिकस क्युरी मगाउने आदेश गरेको हो। नेपाली शब्दकोशबाट ॐसहितका शब्द हटाउने निर्णय भएपछि अधिवक्ता स्वागत नेपाल र पत्रकार टपेन्द्र कार्कीले २४ भदौ ०७४ मा सर्वोच्चमा रिट दर्ता गराएका थिए।

पत्रकार कार्कीले सरकारको निर्णयविरुद्ध सर्वोच्चले एमिकस क्युरी मगाउने आदेश गरेको बताए। उनले भने, ‘नेपाली शब्दकोशबाट झर्रा नेपाली शब्द हटाउने निर्णय भयो। सरकारको उक्त निर्णयविरुद्ध हामीले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थियौँ। सोही निवेदनमा आज (बिहीबार) आदेश आएको हो।’

यसपूर्व उक्त शब्दकोश तत्काल लागू नगर्न अन्तरिम आदेशसमेत जारी भएको थियो। रिटमा नेपाली भाषा संस्कृति, परम्परा अन्त्य गर्न विदेशी षडयन्त्रबाट त्यस्तो निर्णय गरिएकाले उक्त निर्णय खारेज हुनुपर्ने माग गरिएको छ।

आदेशपछि सर्वोच्च बारबाट २ र नेपाल बारबाट २ विज्ञ सहभागी हुने गरी एमिकस क्युरी गठन हुनेछ।