१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ४ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज ४ बिहीबार १७:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चन्द्र भण्डारीसहित आठजना कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ४ बिहीबार १७:१o:oo

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आठजना केन्द्रीय सदस्यलाई कार्यसमिति सदस्यमा मनोनयन गरेका छन्। देउवाले गुल्मीका डा. चन्द्र भण्डारीसहित आठजनालाई कार्यसमिति सदस्य मनोनीत गरेकाे पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

भण्डारीसँगै मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), शिवप्रसाद हुमागाईं (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा)लाई  कार्यसमिति सदस्य मनोनयन गरेका छन्।