चन्द्र भण्डारीसहित आठजना कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत

बिहिबार, ४ असोज, २०८०
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आठजना केन्द्रीय सदस्यलाई कार्यसमिति सदस्यमा मनोनयन गरेका छन्। देउवाले गुल्मीका डा. चन्द्र भण्डारीसहित आठजनालाई कार्यसमिति सदस्य मनोनीत गरेकाे पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

भण्डारीसँगै मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), शिवप्रसाद हुमागाईं (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा)लाई  कार्यसमिति सदस्य मनोनयन गरेका छन्।

सुझावित समाचार