मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १७ आइतबार
  • Sunday, 03 December, 2023
२०८० असोज ३ बुधबार १४:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संविधानको पालना गर्न सके समृद्ध नेपाल निर्माण गर्न सकिन्छ : प्रदेश प्रमुख शर्मा

Read Time : < 1 मिनेट
२०८० असोज ३ बुधबार १४:४३:००

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधान दिवसलाई संविधानको पालना, रक्षा र कार्यान्वयनमा अटल एवं अविचल रहने दिनको रूपमा अंगीकार गर्नुपर्ने बताएका छन्।

बागमती प्रदेश सरकारले बुधबार हेटौँडामा आयोजना गरेको संविधान दिवस २०८० को विशेष समारोहलाई सम्बोधन गर्दै उनले संविधानलाई अक्षरशः पालना गर्न सके लोकतान्त्रिक आन्दोलनप्रति सम्मान र वीर सहिदहरूप्रति श्रद्धाञ्जली हुने बताए।

प्रदेश प्रमुख शर्माले नेपालको संविधानले समाजवादको सुखद परिकल्पना गरेको र यसबाटै समृद्ध नेपाल निर्माण गर्दै नेपालीको मुहार हँसिलो पार्न सकिने दाबी पनि गरे।

‘यसै संविधानले जनताको न्याय, समानता र जनजीविकाको हक स्थापित गरेको हो। यसमा सबैको ध्यान पुग्नुपर्छ। यही संविधानले केन्द्रीकृत एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरेको हो, यसलाई पनि हामीले बिर्सनुहुँदैन,’ उनले भने।

प्रदेश प्रमुख शर्माले संघीयता, गणतन्त्र तथा धर्मनिरपेक्षता यी सबै कुरा यही संविधानको उपलब्धि भएकाले यसको रक्षाका लागि सबै नेपाली एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।

कार्यक्रममा बोल्दै प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संविधानको सफल कार्यान्वयनले देश निर्माणमा टेवा पुग्ने बताए। उनले देशलाई दिशा दिने विषयमा संविधानको भूमिका मुख्य हुने भएकाले संविधानको सफल कार्यान्वयनका लागि सबैले अपनत्व लिनुपर्ने बताए।