१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ३ बुधबार
  • Friday, 09 May, 2025
तिवारी यादव वीरगन्ज
२o८o असोज ३ बुधबार १३:१४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

४ असोजसम्म महानगरले कर्मचारी नपठाए सेवा बन्द हुने वडाध्यक्षको चेतावनी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ३ बुधबार १३:१४:oo

वीरगन्ज महानगरपालिका– २० का वडाध्यक्ष रामकिशोर सिंह (पराग)ले वडा कार्यालयमा सचिव, सहायक सचिव र कम्प्युटर अपरेटरको अभाव भएको भन्दै सेवा बन्द हुने चेतावनी दिएका छन्। 

वडाध्यक्ष सिंहले वीरगन्ज महानगरपालिका कार्यालयलाई मंगलबार पत्राचार गर्दै महानगरपालिका कार्यालयले दैनिक ज्यालादारीको कर्मचारी हटाएपछि विभिन्न पदका कर्मचारी अभावमा सेवा बन्द हुने बताएका हुन्। 

उनले वडा कार्यालयमा कर्मचारी अभावकै कारण ४ असोजदेखि निःशुल्क सिफारिसबाहेक अन्य काम हुन नसक्ने पत्रमा उल्लेख गरेका छन्। साथै उनले वडामा बहाल रहेका सचिवलाई कम्प्युटर चलाउन नआउने भएकाले कर्मचारी पठाउन महानगरपालिका कार्यालयलाई आग्रहसमेत गरेका छन्। 

महानगरपालिका कार्यालयले बिहीबारसम्म कर्मचारी नपठाए सेवाग्राहीमा पर्ने असुविधाको जिम्मेवारी महानगरपालिका कार्यालयका पदाधिकारीकै हुने पत्रमार्फत चेतानी दिएका छन्। 

वीरगन्ज महानगरपालिका कार्यालयले दैनिक ज्यालादारीमा नियुक्त गरेको कर्मचारी हटाएपछि विभिन्न वडामा कर्मचारीको अभाव भएको छ। गत २४ भदौमा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले दैनिक ज्यालादारीमा नियुक्त भएका कर्मचारी हटाएको सूचना जारी गरेपछि कर्मचारीको अभाव भएको हो।

महानगरपालिका कार्यालयले एकैपटक कर्मचारी हटाएपछि अहिले प्रत्येक वडामा सचिव, सहायक सचिव र कम्प्युटर अपरेटरको अभावले सेवा प्रभावित बनेको छ।

महानगरपालिकाले जारी गरेको पत्रमा सबै वडा कार्यालय, महाशाखा, उपशाखा, एकाइ प्रमुख, स्वास्थ्य चौकी, केन्द्रका कार्यालयमा स्थायी र करारमा कार्यरत रहेका कर्मचारीबाहेकका कसैलाई पनि कामकाजमा नलगाउने भनिएको छ। यस्तो पत्र जारी भएपछि विभिन्न मिति र विभिन्न तहमा नियुक्ति पाएका ज्यालादारी कर्मचारीको जागिर सकिएको छ। 

महानगरपालिकाको प्रशासन महाशाखाका अनुसार नियुक्ति पाएकामध्ये सरसफाइमा एक सय ९२, कम्प्युटर अपरेटर एक सय १५, कार्यालय सहयोगीमा ७४, नगर प्रहरी ६६, हलुका सवारीचालक ५३, ट्याक्टरचालक ५३, फायरम्यान ४०, सुपरभाइजर ३३, कुली २०, बिजुली मिस्त्री १९, सबइन्जिनियर १४, गार्ड १२, नाइके आठ, अमिन सात, हेभी सवारीचालक पाँच, माली चार, चेनम्यान दुई र स्टाफ नर्स एक गरी सात सय १८ छन् भने २० जनाको हाजिरी आउन बाँकी छ।