मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
नयाँदिल्ली
२०८० असोज ३ बुधबार ०८:४४:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

भारतको नयाँ संसद् भवनमा बस्यो पहिलो बैठक

Read Time : < 1 मिनेट
नयाँदिल्ली
२०८० असोज ३ बुधबार ०८:४४:००

भारतका सांसदहरू मंगलबारदेखि नयाँ संसद् भवनमा सरेका छन् । गणेश चौथीको साइत पारेर औपनिवेशिक युगको पुरानो संसद् भवनबाट सांसदहरू नयाँ संसद्मा सरेका हुन् । झन्डै एक सय वर्षअघि जनवरी १९२७ मा बेलायती शासकहरूले अघिल्लो संसद् निर्माण गरेका थिए ।

पहिले गोलाकार सांसद रहेकोमा अहिलेको नयाँ संसद् भवन भने त्रिभुजाकारको रहेको छ । नयाँ संसद् भवनमा आठ सय जनप्रतिनिधि सहजै बस्न सक्नेछन् । उक्त भवन मे २८ मा देशका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थिए । 

उद्घाटनका लागि देशकी राष्ट्रपतिलाई नबोलाइएको विरोधमा विपक्षी दलका सांसदहरूले भने सो समारोह बहिष्कार गरेका थिए । सभामुखले आजका लागि संसद्को विशेष बैठक आह्वान गरेका थिए । 

यसै सिलसिलमा नयाँ भवनमा विधायकहरू स्थानान्तरण भएका हुन् । आज भएको तल्लो सदनको बैठकमा सांसदमा महिला प्रतिनिधित्वको ३३ प्रतिशत ‘कोटा’ राख्ने विधेयक पेस गरिएको थियो ।