बुढानीलकण्ठ मन्दिरलाई नेपाल एसबिआई बैंकको सहयोग

मंगलबार, २ असोज, २०८०
डिजिटल संस्करण

नेपाल एसबिआई बैंकले बुढानीलकण्ठ मन्दिरलाई डस्टबिन, टेन्ट क्यानोपी र क्युआर स्ट्यान्डी प्रदान गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग गरेको हो।

बैंकका बागमती प्रदेश प्रमुख विनोदकुमार ढुंगेलले उक्त सामग्रीहरू स्वामी निगमानन्द महाराजलाई प्रदान गरेका थिए। कार्यक्रममा बैंक तथा मन्दिरका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

सुझावित समाचार