पूर्वी नवलपरासीको गैँडाकोटस्थित नारायणी नदीमा डुबेर एकै परिवारका दुई बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सोमबार दिउँसो नवलपुरको गैँडाकोट नगरपालिका– ७ स्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा गैँडाकोट– ७ गैरी बस्ने सुमन कुमालका छोराहरू १४ वर्षीय सबिन कुमाल र ९ वर्षीय संगम कुमाल रहेका छन्।
पानीमा डुबेर बेपत्ता भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैँडाकोटबाट गएको प्रहरी र स्थानीयले खोजी गर्दा दुबैजनालाई उद्धार गरी उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाएकोमा आज दिउँसो ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।