१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ३१ आइतबार
  • Friday, 09 May, 2025
२o८o भदौ ३१ आइतबार १८:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्मचारी नहुँदा सर्केगाड इलाका प्रशासन बन्द, मर्कामा नागरिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ३१ आइतबार १८:o८:oo

सर्केगाडस्थित इलाका प्रशासन कार्यालय बन्द हुँदा सेवाग्राही मर्कामा पर्दै आएका छन्। कार्यालयमा कर्मचारी नभएकाले ताजाँकोट, अदानचुली, सर्केगाड र चंखेली गाउँपालिकाका नागरिकहरू कार्यालय आएर त्यसै फर्कन बाध्य छन्।

इलाका प्रशासन कार्यालय बन्द हुँदा नागरिकले नागरिकता बनाउनसमेत पाएका छैनन्। अदानचुली गाउँपालिका– २ तुम्चका भक्त कुलालाले भाइकी श्रीमतीको नागरिकता बनाउन नपाउँदा आफूहरूलाई समस्या भएको सुनाए। तुम्च गाउँबाट झन्डै ६/७ घण्टा हिँडेर सर्केगाड आएका उनको दुई–तीन हजार खर्च भयो, तर कर्मचारी नहुँदा नागरिकता बनेन।

‘सदरमुकाम सिमकोट पुग्न दुई–तीन दिन लाग्छ। पहिरोले भत्काएको बाटो सहज छैन। विकल्पमा इलाका प्रशासन भए पनि कुनै काम हुँदैन,’ भक्तले नयाँ पत्रिकासँग दुःखेसो सुनाए। सर्केगाडको लागि गाउँपालिकाबाट सिफारिस ल्याएका उनले सिमकोटबाट नागरिकता लिन पुनः अर्को सिफारिस चाहिने भन्दै कार्यालयप्रति आक्रोश पोखे।

नागरिकता बनाउन सर्केगाड पुगेर खाली हात घर फिर्ता हुँदाको दुःख ताजाँकोट गाउँपालिका– ३ मासपुरका केशबहादुर रोकायाले पनि सुनाए। ‘इलाका प्रशासन कार्यालयबाट नागरिकता बन्छ भनेर सर्केगाड पुग्दा कार्यालय बन्द थियो। खर्च मात्रै भयो, नागरिकता बनेन,’ उनले भने।

इलाका प्रशासन कार्यालय सर्केगाडका कामु प्रमुख भीमबहादुर रोकायाका काज अवधि साउन १६ गते सकिएपछि प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलका अनुसार हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीलाई इलाका कार्यालय खटाइएको थियो। सुवेदी भदौ १ गतेदेखि ७ गतेसम्म सर्केगार्ड बसेर ६ वटा नागरिकता दिएर जिल्ला फिर्ता भएकाे उनले बताए।