Skip This
नेप्से ४२ अंकले घट्यो, दुई अर्बको सेयर कारोबार
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o भदौ ३१ आइतबार
  • Monday, 15 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ ३१ आइतबार १५:५o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से ४२ अंकले घट्यो, दुई अर्बको सेयर कारोबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ ३१ आइतबार १५:५o:oo

साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४२.१४ अंकले घटेको छ। आज नेप्से २.०९ प्रतिशतले घटेर एक हजार नौ सय ६४.९१ अंकमा कायम भएको हो।

आज दुई सय ७८ कम्पनीको ५६ लाख ५९ हजार चार सय ५८ कित्ता सेयर ७२ हजार चार सय ७७ पटक खरिद–बिक्री हुँदा रु. दुई अर्ब दुई करोड ८४ लाख ६५ हजार ६ सय १० बराबरको कारोबार भएको छ।

सबै समूहको उपसूचक घटेकोमा सबैभन्दा धेरै व्यापार समूहको उपपूचक ३.३३ र वित्त समूह ३.३० प्रतिशतले घटेको छ। बैंकिङ १.४२, विकास बैंक २.५९, होटेल तथा पर्यटन ३.२९, जलविद्युत् २.७९ र लगानी समूह १.९१ प्रतिशतले घटेको छ। त्यस्तै, जीवन बिमा समूहको उपसूचक २.९७, उत्पादन तथा प्रशोधन समूह १.६०, लघुवित्त १.८५, म्युचुअल फन्ड ०.३५, निर्जीवन बिमा २.५९ र अन्य समूह १.९९ प्रतिशतले घटेको छ।

यस दिन शुभम् पावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउने मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य ९.२१ प्रतिशतले घटेको छ। रासस