मेलम्ची बाँध मर्मत गरेर असोजमा खानेपानी ल्याउने तयारी

आइतबार, ३१ भदौ, २०८०
डिजिटल संस्करण

मेलम्चीकै संरचनाबाट पानी वितरण 

बर्खाका कारण अवरुद्ध भएको मेलम्ची बाँध मर्मत गरेर असोजमा खानेपानी ल्याउने तयारी भइरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । मेलम्ची खानेपानीका परियोजना निर्देशक राजेन्द्र सापकोटाले मेलम्चीले नै तयार पारेको संरचनाबाट उपत्यकामा खानेपानी वितरण हुँदै आइरहेको बताए ।

आकासे पानी पर्न कम भएपछि मेलम्चीको पानी ल्याउने तयारी गरिने उनले बताए । उनले भने, ‘अहिले उपत्यकाआसपासका मूलको पानी मेलम्चीको खानेपानी संरचनाबाट वितरण भइरहेको छ । पानी पर्न कम भएपछि मेलम्चीको पानी ल्याउने प्रयत्न गर्नेछौँ ।’ उनका अनुसार हाल उपत्यकामा खानेपानीको मिटर जडानको काम चलिरहेको छ । २० हजारभन्दा बढी मिटर जडान भइसकेको उनले बताए ।

ढुंगेधाराले पनि उपत्यकामा बर्खामा पानीको अभाव पूर्ति गर्न ठूलो भूमिका खेल्ने गरेको छ । हाल उपत्यकामा पाँच सय ७३ वटा ढुंगेधारा छन् । त्यसमध्ये झन्डै दुई सयवटामा बर्खाका वेलामा पानी आउँछ । करिब १६ वटामा हिउँदमा पनि पानी आउँछ । तीन सयभन्दा बढी सुक्खा छन् भने करिब ३० वटा लोप भइसके । पानी आउने ढुंगेधारामा मूल र कुवा जोडिएको पाइन्छ । 

See More On

सुझावित समाचार