Skip This
अझै २० वर्ष राजनीतिमा सक्रिय रहने ओलीको घोषणा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ३१ आइतबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ ३१ आइतबार ११:१४:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

अझै २० वर्ष राजनीतिमा सक्रिय रहने ओलीको घोषणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ ३१ आइतबार ११:१४:oo

अहिले पनि मेरो बुबा मजत्तिकै तगडा हुनुहुन्छ । मेरो बुबा नै त्यति तगडा हुनुहुन्छ भने २० वर्ष त मैले सक्रिय रहने विचार गरेको हुँ । तर, २० वर्ष सक्रिय रहनुको अर्थ म २० वर्षै, देशको नेतृत्व गर्छु, पार्टीको नेतृत्व गर्छु भनेको होइन । नेतृत्व गर्नेहरूलाई सहयोग गर्छु, सक्रिय रहेर ।

एमाले अध्यक्ष केपी ओलीले आफू अझै २० वर्ष राजनीतिमा सक्रिय रहने बताएका छन् । भक्तपुरमा शनिबार आयोजित विद्यार्थीसँगको अन्तरक्रियामा ७२ वर्षीय ओलीले पहिला बिरामी भए पनि हाल कुनै समस्या नभएको बताए ।

पार्टी नेतृत्वको विषयमा भने ओलीले आफू लचक रहेको दाबी गरेका छन् । राजनीतिमा सक्रिय रहँदै नेतृत्व हस्तान्तरण गर्ने र नेतृत्व गर्नेलाई सहयोग गर्ने ओलीको भनाइ छ । ‘पहिला म बिरामी थिएँ, धेरैपटक अप्रेसन गर्नुपर्‍यो । दुईपटक किड्नी ट्रान्सप्लान्ट गर्नुपर्‍यो । अहिले किड्नीले धेरै राम्ररी काम गरिरहेको छ । कुनै प्रकारको समस्या छैन,’ ओलीले भने, ‘अर्को कुरा अहिले पनि मेरो बुबा मजत्तिकै तगडा हुनुहुन्छ । मेरो बुबा नै त्यति तगडा हुनुहुन्छ भने २० वर्ष त मैले सक्रिय रहने विचार गरेको हुँ । तर, २० वर्ष सक्रिय रहनुको अर्थ म २० वर्षै, देशको नेतृत्व गर्छु, पार्टीको नेतृत्व गर्छु भनेको होइन । नेतृत्व गर्नेहरूलाई सहयोग गर्छु, सक्रिय रहेर ।’ 

उनले बाँचुन्जेल पद नछोड्न प्रवृत्तिलाई आफूले तोड्ने पनि सुनाए । ‘मान्छे बाचुन्जेलसम्म पद छाड्न नखोज्ने प्रवृत्ति छ । पदमै टाँसिन खोज्ने, आवश्यक्ता होस् कि नहोस्, काम गर्न सकोस् कि नसकोस्, स्मरण शक्ति होस् कि नहोस्, बोल्न सकोस् कि नसकोस्, तर पनि पदमा बसिरहन चाहने प्रवृत्ति छ । त्यो प्रवृत्तिलाई मैले सचेतनापूर्वक तोड्न चाहन्छु,’ उनले भने । उनले आफू सक्रिय रहँदारहँदै कार्यभार सुम्पिएर देश चलाउनका लागि सहयोग गर्ने बताए । 

उनले नयाँ पुस्ताले नेपाललाई सार्वभौम, स्वतन्त्र र राष्ट्रिय हितको रक्षा गर्ने गरी स्वाभिमानको झन्डा उठाउनुपर्नेमा जोड दिए । ‘हाम्रो पिँढीभन्दा बढी देशभक्त, विकासप्रेमी, क्लिन, भिजिनरी, कर्मठ र क्रियाशील सफल नेताका रूपमा तपाईंहरू आउनुहुनेछ । मेरा केही असफलता छन् । मैले नेपालविरुद्धको षड्यन्त्र पराजित गर्न सकिरहेको छैन । तपाईंहरूले ती षड्यन्त्रलाई पराजित गर्नुपर्छ र नेपाललाई साँच्चिकै सार्वभौम, साँच्चैको स्वतन्त्र, साँच्चैकै स्वाधीन, आफ्नो भूगोलको बिल्कुल रक्षा गर्न सक्ने, राष्ट्रिय हितको रक्षा गर्न सक्ने, राष्ट्रिय स्वाभिमानको झन्डा माथि उठाउन सक्नुपर्छ,’ उनले भने ।