१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ३० शनिबार
  • Friday, 09 May, 2025
रासस गोरखा
२o८o भदौ ३० शनिबार १७:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देश र जनतालाई धोका दिने अधिकार कसैलाई छैन : रवि लामिछाने

Read Time : < 1 मिनेट
रासस, गोरखा
नयाँ पत्रिका
२o८o भदौ ३० शनिबार १७:o९:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश र जनतालाई धोका दिने अधिकार कसैलाई नभएको बताएका छन्। 

गोरखा सदरमुकाममा शनिबार आयोजित आमसभामा उनले एउटा युग पर्खेर जनताले आफ्नो पार्टीलाई भरोसा गरेको बताए। ‘हामी व्यक्ति र पार्टी बनाउन हिँडेका होइनौँ, मुलुकमा परिवर्तन गर्न हिँडेका हौँ,’ सभापति लामिछानेले भने।

नेपाली जनताले रास्वपालाई आशा र भरोसाको पार्टीका रूपमा हेरेको उनको भनाइ थियो। देशलाई समृद्ध बनाउने रास्वपाको अभियान रहेको उल्लेख गर्दै सभापति लामिछानेले क्षमतावान व्यक्तिलाई राजनीतिमा लिएर जान चाहेको बताए।

सभापति लामिछानेले पद पाउनका लागि मात्र आउनेलाई पार्टीले स्वीकार नगर्ने बताए।