
अबदेखि इन्ड्राइभ एपमा सबै खालका सुविधा पाउन सकिने भएको छ। आफ्ना सेवाग्राहीलाई थप सुविधा दिन इन्ड्राइभले सबै सुविधा एउटै एपमा समावेश गरेको हो।
इन्ड्राइभले २०२२ देखि काठमाडौंमा राइडे सेवा सुरु गरेको हो। यसले आफ्ना सेवाग्राहीलाई आफ्नो सवारीको मूल्य निर्धारण गर्ने सुविधासमेत दिएको छ। यसका साथै इन्ड्राइभले राइड, ड्राइभ, किनमेल वा डेलिभरीको सेवासमेत दिने विश्वव्यापी रणनीति अपनाएको छ।
सेवाग्राहीको सुरक्षालाई प्राथमिकतामा राख्दै इन्ड्राइभले विभिन्न सुरक्षा नीति अपनाएको राइड–हेलिङ (एपिएसी) इन्ड्राइभका डाइरेक्टर रोमन एर्मोसिनले बताए। ‘हामीले सेफ्टी प्याकका साथमा प्रयोगकर्ताहरूको सुझावहरू र चालक तथा यात्रुहरूका लागि आचारसंहिताको पालना गर्नेछौँ। हामीले पारस्परिक सम्मानलाई हौसला दिँदै आएका छौँ। भेदभावको लागि शून्य–सहनशीलताको नीति लिँदै आएका छौँ,’ उनले भने।
इन्ड्राइभ संसारमा दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको मोबिलिटी एप हो। यसले पाँच महादेशका ४८ देशमा ७०० भन्दा बढी सहरहरूमा विश्वभर १० करोडभन्दा धेरै प्रयोगकर्ताहरूलाई निरन्तर सेवा दिइरहेको छ।