
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले फौजदारी मुद्दाको अनुसन्धान र अभियोजन गुणस्तरीय बनाउनुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले गुणस्तरीय अनुसन्धान र अभियोजनले फैसला पनि राम्रो आउने भएकाले अनुसन्धान र अभियोजन गर्ने निकायले गर्ने काम गुणस्तरीय हुनुपर्ने बताए।
प्रधानन्यायाधीश श्रेष्ठले अनुसन्धानको सुधारविना निरपेक्ष रूपमा अभियोजन सुधारको परिकल्पना गर्न नसकिने स्पष्ट पारे। उनले अनुसन्धानका तथ्यहरूलाई प्रमाण र कारणको विषयमा प्रमाणित गर्दै विषयगत, वस्तुगत र प्रभावकारी अभियोजन गर्नु अभियोजनकर्ताको दायित्व भएको उल्लेख गरे।
‘अनुसन्धान र अभियोजन एकआपसमा अन्तरनिहीत र अन्योन्याश्रित विषयहरू हुन्। अनुसन्धानको सुधारविना निरपेक्ष रूपमा अभियोजनको सुधारको परिकल्पना गर्न सकिँदैन। अनुसन्धानका तथ्यहरूलाई प्रमाण र कारणको विषयमा प्रमाणित गर्दै विषयगत, वस्तुगत र प्रभावकारी अभियोजन गर्नु अभियोजनकर्ताको दायित्व हो,’ उनले भने।