१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ३० शनिबार
  • Friday, 09 May, 2025
२o८o भदौ ३० शनिबार ११:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्यार्थीलाई करणी गरेको आरोपमा शिक्षक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ३० शनिबार ११:३७:oo

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको एक विद्यालयका शिक्षकले विद्यार्थीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको छ। 

सिदिङ्वा गाउँपालिका ६ मेहेलस्थित निलगिरि माद्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई करणी गरेको अभियोगमा शिक्षकलाई पक्राउ गरिएको हो। पीडित बालिकाका अभिभावकबाट जिल्ला प्रहरी कार्यालयमा दिएको निवेदनको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन लिम्बूले जानकारी दिए ।

डिएसपी लिम्बूले पक्राउ पर्नेमा सप्तरी जिल्लाको महादेव गाउँपालिका २ का लक्ष्मीप्रसाद शाह रहेको  जानकारी दिए। शाह विगत २ वर्षअघिदेखि सो विद्यालयमा विज्ञान विषय अध्यपन गराउँदै आएका थिए। 
शिक्षक शाहलाई कक्षा ९ मा अध्ययरत १३ वर्षीय छात्रालाई करणी गरेको अभियोगमा गत भदौ २८ गते साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरी नायब उपरीक्षक लिम्बूले जानकारी दिए।  बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।