मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १७ आइतबार
  • Sunday, 03 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ २९ शुक्रबार १८:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा भट्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ २९ शुक्रबार १८:०३:००

नेकपा (माओवादी केन्द्र)निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको अध्यक्षमा अम्बादत्त भट्ट चयन भएका छन्।

शुक्रबार काठमाडौंमा बसेको संगठनको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले भट्टलाई अध्यक्ष चुनेको हो। चैतमा सम्पन्न संगठनको महाधिवेशनबाट हरिबहादुर रावल अध्यक्ष र भट्ट वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत दोहोरिएका थिए।

महाधिवेशनले पाँच महिनासम्म रावलले संगठन चलाउने र त्यसपछि नेतृत्व भट्टलाई हस्तान्तरण गर्ने तय गरेको थियो। महाधिवेशनमा भएको सहमतिअनुसार संगठनको शुक्रबार सम्पन्न दोस्रो पूर्ण बैठकमा रावलले भट्टलाई नेतृत्व हस्तान्तरण गरेका हुन्।

बैतडी घर भई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत भट्ट संगठनमा दुई कार्यकाल उपाध्यक्ष र पाँच महिना वरिष्ठ उपाध्यक्ष भइसकेका छन्। भट्टले संगठनको विधान मस्यौदा समिति संयोजकका रूपमा पनि जिम्मेवारी पूरा गरिसकेका छन्।

अध्यक्ष चुनिएसँगै भट्टले कर्मचारीको हकहितमा कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाए। ‘संगठनको उद्देश्यलाई व्यवहारमा लागू गरी कर्मचारीको हकहितका लागि लड्न सामूहिकतामा अगाडि बढ्नेछु,’ उनले भने।