मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
पशुपति आर्यघाटमा बिहीबार नेम्वाङको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाउँदै एमाले अध्यक्ष केपी ओली । तस्बिर: संजित परियार/.नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२०८० भदौ २८ बिहीबार १९:५५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

संविधान जारी भएपछि हामीले नाकाबन्दीको त्यो अप्ठ्यारो पार गरेको झलझली सम्झिरहेको छु, सुवासजी !

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० भदौ २८ बिहीबार १९:५५:००

एमाले अध्यक्ष केपी ओलीले संविधानसभाका अध्यक्ष तथा आफ्नो पार्टीका उपाध्यक्ष स्वर्गीय सुवास नेम्वाङलाई सम्झँदै सामाजिक सञ्जालमा संविधान जारी गर्दाको समय स्मरण गरेका छन्।

नेम्वाङलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरेर फर्किएपछि सामाजिक सञ्जालमा आफ्ना भावना व्यक्त गर्दै ओलीले ३ असोज २०७२ को आसपासको स्मरण गरेका हुन्। 

उनले लेखेका छन् – 
प्रिय साथी सुवास नेम्वाङलाई सदाका लागि बिदाइ गरेर आर्यघाटबाट फर्केपछि आज मैले आठ वर्षअघि यसै समयको डायरीको पाना पल्टाएँ। त्यस कठिन वेलाको दृश्य आँखाअगाडि आयो। 

नेपालमाथि नाकाबन्दीको हल्ला चलिसकेको थियो, सुरक्षाको कारण देखाएर सीमानाकामा गाडी रोकिन थालिसकेका थिए। भूकम्पको ठूलो क्षतिबाट उठ्न सकेका थिएनौँ। अत्यावश्यक इन्धनको अभावले बजारमा हाहाकार सुरु भइसकेको थियो। 

विभिन्न जातीय, क्षेत्रीय, धार्मिक समूहलाई उत्तेजित बनाउने र त्यसबाट देशलाई अस्थिरतातर्फ लैजाने प्रयास भित्रभित्रै भइरहेका थिए। नेपाललाई स्वतन्त्र राष्ट्रका रूपमा रहन नदिने एउटा प्रहार खेपिरहेका थियौँ। संविधानसभाका सधैँ शान्त रूपमा प्रस्तुत हुने उहाँ त्यो दिन कडा रूपमा प्रस्तुत हुनुभएको थियो। दलका नेता, संविधानसभाका अध्यक्ष, प्रधानमन्त्री सबैलाई संविधान रोक्न निकै ठूलो दबाब थियो। 

भारतीय विदेश सचिव आएर फर्केपछि सुवासजी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर अलि अत्तालिँदै मलाई भेट्न आउनुभयो। उहाँले अलि हडबडाउँदै भन्नुभयो– ‘डरलाग्दो स्थिति छ, ३ गते (३ असोज) संविधान जारी गर्नबाट रोकियो भने संविधान मात्रै होइन, सबै बर्बाद हुनेछ। यस्तो भयो भने त देश नै सकिन्छ।’  

उहाँ असोज ३ गते संविधान जारी गर्न संसदमा आइदिन निम्तो लिएर राष्ट्रपति रामवरण यादवकहाँ जाँदा राष्ट्रपतिले आउने, नआउने केही भन्नुभएनछ। ‘नआउन पनि सक्ने देखेँ, के गर्ने होला?’ सुवासजी संविधान जारी नहुने चिन्ताले उत्तेजित हुनुभएको रहेछ। उहाँलाई मैले तपाईं ३ गतेको तयारी गर्नुस्, जे हुन्छ, त्यही दिन गरौँला भनेँ।

हुन पनि संविधान जारी भएपछि नाकाबन्दी भयो। हामीले नाकाबन्दीको त्यो अप्ठ्यारो पार गरेको झलझली सम्झिरहेको छु, सुवासजी!