१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार १o:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

शाहरूखले अस्वीकार गरेका पाँच सुपरहिट फिल्म 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:१o:oo

सन् १९९२ मा ‘दिवाना’ फिल्ममार्फत ठूलो पर्दाको यात्रा थालेका शाहरूख खान बलिउडकै सर्वाधिक सफल अभिनेतामध्ये एक हुन् । उनी अभिनीत जवानले यतिवेला बक्स अफिसमा निकै राम्रो व्यापार गरिरहेको छ । शाहरूखले आफ्नो करिअरमा धेरै हिट तथा यादगार फिल्महरू दिएका छन् । त्यही कारण उनलाई अनुबन्ध गर्ने सपना धेरै निर्माता तथा निर्देशकले देखेका हुन्छन् । उनले व्यस्तताको चक्करमा केही त्यस्ता फिल्मसमेत अस्वीकार गरे, जो कालान्तरमा बलिउडकै उत्कृष्ट फिल्मको सूचीमा दरिन पुगे ।

मुन्ना भाइ एमबिबिएस : सुरुमा राजकुमार हिरानीले मुन्ना भाइ एमबिबिएसमा मुख्य भूमिका गर्नका लागि शाहरूखलाई अफर गरेका थिए । तर, शाहरूखले अस्वीकार गरिदिए । यही भूमिकाले सञ्जय दत्तलाई बलिउडमा नयाँ उचाइ दियो । 

लगान : निर्देशक आशुतोष गोवारिकेरले सुरुमा लगानमा मुख्य भूमिकाका लागि शाहरूखलाई अफर गरेका थिए । तर, यतिवेला शाहरूखको सेड्युल प्याक थियो । त्यसकारण उनले फिल्म गर्न सकेनन् । आमिर खानले यस फिल्ममा भुवनको भूमिका निर्वाह गरे । यो फिल्मले समीक्षकबाट निकै राम्रो प्रशंसा पायो र ओस्कारको मनोनयनमा समेत पर्‍यो । 

रंग दे वसन्ती : रंग दे वसन्तीमा दलजित ‘डिजे’ सिंहको पात्रका लागि शाहरूखलाई पहिले अफर गरिएको थियो । उनले अस्वीकार गरेपछि आर माधवनले यो भूमिका गरे । शाहरूखले प्रस्ताव स्विकारेको भए यो फिल्ममा आमिर र शाहरूख एकसाथ हुन्थे । यो फिल्मले पनि निकै राम्रो प्रशंसा पायो । 

एक था टाइगर : शाहरूख खानलाई यो फिल्मका लागि पहिले अफर आएको थियो । तर, उनले व्यस्तताका कारण अस्वीकार गरे । सलमान खानले यस फिल्ममा गरेको भूमिकाको निकै तारिफ भयो । 

जोधा अकबर : निर्देशक आशुतोष गोवारिकेरले शाहरूख खानलाई सम्राट अकबरको भूमिका अफर गरेका थिए । तर, उनले अस्वीकार गरेपछि ऋतिक रोशनलाई यस भूमिका दिइयो । ऋतिकको अभिनयको निकै तारिफ भयो । 

ad
ad