मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १३ बुधबार
  • Wednesday, 29 November, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ २८ बिहीबार ०६:३१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चाडपर्वलाई भन्सार सहुलियतमा २० हजार टन चिनी आयात हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ २८ बिहीबार ०६:३१:००

आसन्न दसैँ, तिहार र छठ पर्वका लागि सरकारले २० हजार टन चिनी भन्सार सहुलियतमा आयात गर्न दुई सरकारी संस्थानलाई अनुमति दिएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई १० हजार र साल्ट ट्रेकिङ कर्पोरेसन लिमिटेडलाई १० हजार टन चिनी ५० प्रतिशत भन्सार छुटमा आयात गर्न स्वीकृति दिइएको हो । ‘आसन्न चाडपर्वमा उपभोक्तालाई सहुलियत मूल्यमा चिनी उपलब्ध गराउने उद्देश्यले तोकिएको भन्सारदरभन्दा कममा आयातको स्वीकृति दिइएको हो,’ उनले भने ।

दुवै संस्थानले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत यो वर्षका लागि ६० हजार टन चिनी भन्सार सहुलियतमा आयातका लागि अनुमति मागेका थिए । तर, अर्थले २० हजार टनको मात्रै स्वीकृति दिएको हो । भन्सार छुटमा आयात भएको चिनी सरकारले सञ्चालन गर्ने सुपथ मूल्य पसलबाट बिक्री हुनेछ । 

विगतमा पनि सरकारले भन्सार छुटमा चिनी आयात गर्न दिने गरेको थियो । विगतका वर्षमा चिनीको मूल्य बजारभाउभन्दा पाँच रुपैयाँ प्रतिकिलो सस्तोमा बिक्री हुने गरेको थियो । यो वर्ष भने अर्थले निकै ढिला गरी स्वीकृति दिएकाले समयमै चिनी आयात गर्न कठिनाइ हुनेछ ।