Skip This
खेलकुद पत्रकार मञ्चको स्थापना दिवसमा मैत्रीपूर्ण फुटसल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १९:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

खेलकुद पत्रकार मञ्चको स्थापना दिवसमा मैत्रीपूर्ण फुटसल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १९:५४:oo

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले संस्थाको स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल आयोजना गरेको छ।

मञ्चले दमकस्थित कदम थिएटरका कलाकार र मञ्च झापाका पत्रकारबीच फुटसल खेल आयोजना गरेको हो। खेलमा कदम थिएटर १०–५ गोल अन्तरले विजयी भयो।

मैत्रीपूर्ण खेलमा प्रमुख अतिथि दमकका समाजसेवी प्रवीण चाम्लिङ थिए। उनले खेलले मस्तिष्कलाई स्वस्थ बनाउने बताए। उनले कलाकारिता र पत्रकारितामा सिर्जनशीलता आवश्यकता रहेकाले खेल अनिवार्यजस्तै रहेको पनि बताए।

मञ्चको र २८औँ स्थापना दिवसका बारेमा सचिव चिरञ्जीवी घिमिरेले जानकारी गराएका थिए। कार्यक्रममा मञ्च झापाका संस्थापक उत्तम रिजाल, कदम थिएटरका कला निर्देशक सिजन दाहाल, कदम थिएटरका व्यवस्थापक सन्तोष दुलालको सहभागिता रहेको थियो ।

कदम थिएटरले दमकमा नियमित नाटक मञ्चन गर्दै आएको छ। उसले नाटक ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ मञ्चनको तयारी गरिरहेको छ।

ad
ad