१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १९:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेम्वाङको निधनमा शोक मनाउन बिहीबार सार्वजनिक बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १९:१८:oo

सरकारले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनमा शोक मनाउन बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। एमाले वरिष्ठ उपाध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य नेम्वाङको आज असामयिक निधन भएको हो। 

आजै बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेम्वाङको निधनमा शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। 

सोही निर्णयको आधारमा गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै संविधानसभाका अध्यक्ष नेम्वाङको अन्तिम संस्कार २८ भदौ बिहीबार हुने भएकोले उक्त दिन नेपालभरका सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने जनाएको हो। 

मन्त्रालयले सो दिन सबै निकायका कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने पनि जानकारी गराएको छ। 

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको संविधान निर्माण तथा जारी गर्न नेम्वाङले निर्वाह गरेको भूमिका तथा नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न पुर्‍याएको योगदानको उच्च कदर गर्दै अन्तिम सम्मानको व्यवस्था गर्ने तथा शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। 

ad
ad