Skip This
धनगढीमा निर्माण सामग्री प्रदर्शनी मेला हुने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २६ मंगलबार
  • Saturday, 27 July, 2024
२o८o भदौ २६ मंगलबार १८:५५:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

धनगढीमा निर्माण सामग्री प्रदर्शनी मेला हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २६ मंगलबार १८:५५:oo

धनगढीमा निर्माण सामग्री तथा हार्डवेयर प्रदर्शनी मेला हुने भएको छ। कैलाली हार्डवेयर व्यवसायी संघको आयोजनामा आगामी १० देखि १४ असोजसम्म धनगढीको चटकपुरमा मेला हुन लागेको हो। संघले मंगलबार पत्रकार सम्मेलन गरेर प्रदर्शनी मेलाको तयारी तीव्र रूपमा भइरहेको जनाएको छ।

प्रदर्शनी मेलामा सम्पूर्ण निर्माण तथा हार्डवेयर सामग्री एउटै छानामुनि अवलोकन गर्न पाइने संघका अध्यक्ष कुवेरबहादुर शाहीले जानकारी दिए। निर्माण सामग्री तथा हार्डवेयर कम्पनीका ५० वटाभन्दा बढी व्यावसायिक स्टलहरू मेलामा रहने उनले बताए। प्रदर्शनी मेलामा नयाँ प्रविधि, उपकरण तथा मेसिनरी सामानहरूको अवलोकन गर्ने तथा जानकारी लिन सकिने संघले जनाएको छ।

‘नयाँ निर्माण गर्ने योजना बनाएकाहरूले विज्ञहरूबाट आवश्यक जानकारी र परामर्श लिन सकिने व्यवस्था गरेका छौँ,’ अध्यक्ष शाहीले भने, ‘ग्राहकले सामानको गुणस्तर र मूल्यको तुलना गरेर आफूले बनाउन लागेको संरचनाका लागि उत्कृष्ट सामग्री छनोटबारे प्रदर्शनी मेलाबाट जानकारी पाउन सक्नेछन्।’ सीमित क्षेत्रफलमा कसरी आकर्षक घर निर्माण गर्ने तथा भूकम्प प्रतिरोधी घर निर्माणबारे इन्जिनियरबाट जानकारी दिने र वास्तुविज्ञबाट निःशुल्क परामर्श दिने व्यवस्थासमेत मेलामा गरिने उनले बताए ।

प्रदर्शनी मेलामा निर्माण तथा हार्डवेयर सामग्री खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको संघले जनाएको छ। स्वदेशी तथा विदेशी ब्रान्डका कम्पनीले आफ्ना उत्पादनबारे ग्राहकलाई जानकारी दिन मेलालाई महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्न सक्ने संघको भनाइ छ। ‘उपभोक्ताले घर निर्माणका लागि चाहिने विभिन्न किसिमका वस्तुहरू एकै छानामुनि अवलोकन गरी त्यसको गुणस्तर बुझेर आफूलाई आवश्यक वस्तुको निर्णय लिन सक्नेछन्,’ अध्यक्ष शाहीले भने, ‘निर्माण कम्पनीहरूका लागि आफ्नो व्यवसाय विस्तार गर्ने अवसर पनि हो।’

पूर्वाधार निर्माणमा चाहिने सिमेन्ट, सरिया, सेक्सन, जिआई तार, सेनेट्री, टायल्स तथा ‘होम डेकोरेसन’का सामान प्रदर्शनीमा राखिनुका साथै कम्पनीका प्रतिनिधिले ती सामानको विस्तृत विवरण जानकारी दिने संघले जनाएको छ। संघले २०७५ देखि हरेक वर्ष निर्माण सामग्री तथा हार्डवेयर प्रदर्शनी गर्दै आएको छ।

संघका पूर्वअध्यक्ष मायाप्रकाश भट्टले सुदूरपश्चिममा निर्माण सामग्री उत्पादन गर्ने ठूला उद्योग नभए पनि साना स्थानीय उत्पादनलाई प्रदर्शनीमा राखिने बताए। यो मेला यहाँका पहाडी जिल्लामा रहेका निर्माण व्यवसायीलाई सीधै डिलरसँग जोड्ने अवसर हुने उनले बताए।