मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २२ शुक्रबार
  • Friday, 08 December, 2023
संजित परियार काठमाडौं
२०८० भदौ २६ मंगलबार १२:४६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा [तस्बिरहरू] 

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०८० भदौ २६ मंगलबार १२:४६:००

संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ। श्रद्धाञ्जलीका लागि उनको शव त्रिवि शिक्षण अस्पतालबाट च्यासलस्थित एमाले पार्टी कार्यालय लगिएको छ। 

गएराति बालुवाटारस्थित निवासमा बेहोस भएका नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल लगिएकाे थियाे। अस्पताल लगिएकाे केही समयपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। विदेशमा रहेका नेम्वाङका छोराहरू स्वदेश फर्किएपछि उनकाे अन्त्येष्टि हुनेछ। 

 प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले अध्यक्ष नेम्वाङको  निधनप्रति दुःख व्यक्त गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। 
     
संविधान निर्माण प्रक्रियामा उनले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जानकारी दिए। साथै सरकारले उनको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।