१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o९:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

यती होल्डिङ्सलाई खेद्नेहरू  दलाल पुँजीवादी हुन् : ओली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:o५:oo

एमाले अध्यक्ष केपी ओली यती होल्डिङ्स, भाटभटेनीलगायत कम्पनीको बचावमा उत्रेका छन् । विदेशी दलाल पुँजीपतिहरूको स्वार्थ पूरा गर्ने उद्देश्यले सरकारले काम गरेको ओलीको आरोप छ ।

पार्टीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले आइतबार आयोजना गरेको कार्यक्रममा ओलीले सरकारले राष्ट्रिय पुँजीपतिहरूलाई छानीछानी लखेटेको आरोपसमेत लगाए । राष्ट्रिय पुँजीको विकास र रोजगारीमा योगदान पुर्‍याएको भन्दै उनी यती होल्डिङ्स, भाटभटेनीलगायत कम्पनीको बचाव गरेका हुन् । 

‘यती होल्डिङ्सलाई खेद्नेहरू दलाल पुँजीवादीहरू हुन् । त्यसकारण उनीहरू खेद्छन्, किनभने यो राष्ट्रिय पुँजी हो । सोलुको एउटा शेर्पा बच्चैदेखि भारी बोकेर हिँड्थ्यो रे । त्यस्तो शेर्पाले यहाँ आएर हवाईजहाज उडाएको छ, पर्यटन चलाएको छ, होटेल चलाएको छ, हेलिकोप्टर पनि चलाएको छ । भारी बोकेर हिँड्नेले त्यस्तो काम गर्न पाइन्छ ?’ उनले भने । ओलीले अहिले सरकारमा रहेकामा यस्तै सोच रहेको आरोप लगाए ।

ad
ad