१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

पानी, दूध र खानेतेलमा काठमाडौं महानगरको अनुगमन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:२६:oo

काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । महानगरभित्रका उपभोक्तालाई गुणस्तरयुक्त पिउने पानी, दूध र तेलको उपभोगको सुनिश्चितता गराउने उद्देश्यले ती वस्तुको अनुगमनमा कडाइ गरेको हो ।महानगरपालिकाको कृषि तथा पशुपक्षी विभागले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै पानी, दूध र तेलको शुद्ध तथा गुणस्तर कायम गर्न प्रभावकारी अनुगमन अभियान सञ्चालन गरिएको छ ।

विभागका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. अवदेश झाले उपभोक्तालाई स्वच्छ, स्वस्थ पानीको उपयोगको वातावरण सिर्जना गर्न कडाइका साथ अनुगमन अभियान थालिएको जानकारी दिए । उनका अनुसार महानगरले यही १ भदौदेखि नियमित रूपमा पहिलो चरणमा पानीको अनुगमन गरिरहेको छ । भदौभर पानीको अनुगमन गरिने र असोजमा पानीसहित दूधको र क्रमशः तेलको पनि अनुगमन गरिनेछ । चालू आर्थिक वर्षभरि अनुगमन अभियान चलाइने विभाग प्रमुख डा. झाले जानकारी दिए । ‘जारको पानीको शुद्धता पत्ता लगाउने तथा समस्याको पहिचान गरी आवश्यक कारबाही प्रक्रियामा लैजान्छौँ,’ उनले भने ।

उपत्यकामा जारको पानी वितरण गर्ने कम्पनीले  कुच्चिएको, फुटेको जारमा पानी बोक्ने गरेको पाइएकाले त्यस्ता जार जफत र नष्ट गर्ने गरिएको छ । ‘पानी उत्पादक कम्पनीलाई पनि थाहा हुँदैन, उसको पानीको जार कहाँ छ, त्यो पानी कसको हो भनेर ?’ विभाग प्रमुख डा. झाले भने, ‘पानी उत्पादक कम्पनी र वितरक भिन्न–भिन्न हुने भएकाले यसमा कडाइ गरिएको हो । पानी आउने मुख्य नाकामा क्रमिक रूपमा अनुगमन गरिरहेका छौँ । अहिले महानगरमा पानी भित्रिने गोदावरी, पेप्सिकोला, चाबहिलगायत नाकामा अनुगमन भइरहेको छ । प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्देशिका ०७४ अनुरूप अनुगमनलाई कडाइ गरिएको हो । निर्देशिकामा कुच्चिएको तथा लेउ लागेको जारमा पानी बोक्न नपाइने उल्लेख छ । अनुगमनका क्रममा त्यस्ता जार भेटिएमा जफत गर्ने गरिएको छ ।

सम्बन्धित कम्पनीको पानी प्रयोगशालामा लगेर परीक्षण गर्ने गरिएको छ । काठमाडौं महानगरमा जति पनि पानी उत्पादक संस्था छन्, तिनको स्थलगत अनुगमन गरेर शुद्ध पानी वितरण गर्ने अभियानमा महानगर रहेको डा. झाले बताए । उनले भने, ‘अहिलेसम्म सचेत मात्र गराइरहेका छौँ । अब कुनै कैफियत देखिए कारबाही गर्छौँ ।’ विभागले नेपाल वाटर बोटल उद्योग संघका पदाधिकारीलाई बोलाएर सजग पनि गराएको छ । ‘जो उत्पादक हो, उसैले वितरण गर्नुपर्छ, यदि उत्पादक नभए अरूलाई जिम्मा दिएको हो भने दुवै संस्थाबीच कागजी सम्झौता हुनुप¥यो र जारको पानी बोक्ने गाडीमा सम्बन्धित कागजात बोक्नुपर्‍यो,’ डा. झाले भने । 

अहिले जारको पानीमा मात्रै अनुगमन गरिएको र निकट भविष्यमा बोतलको पानीको पनि अनुगमन गरिने उनले उल्लेख गरे । महानगरभित्र अहिले एक सय ८० भन्दा बढी पानी उत्पादक कम्पनीले पानी आपूर्ति गर्ने गरेका छन्, तर कानुनी रूपमा भने जम्मा चार कम्पनी दर्ता छन् ।

ad
ad