मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १३ बुधबार
  • Wednesday, 29 November, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ २४ आइतबार २०:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विमानस्थल भन्सार कार्यालयका कर्मचारी आन्दोलित, यस्ता छन् माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ २४ आइतबार २०:४१:००

त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरूले आन्दोलन घोषणा गरेका छन्। 

कानुनबमोजिम असल नियतले गरिएका दैनिक प्रशासनिक कार्यलाई नै हतोत्साहित गर्ने गरी कर्मचारीहरूको मनोबल गिराउने तथा आत्मसम्मानमा ठेस पुर्‍याउने गरी विभिन्न निकायबाट निरन्तर हस्तक्षेप भएको भन्दै कर्मचारीहरूले आन्दोलन घोषणा गरेका हुन्। 

उनीहरूले त्यस्तो हस्तक्षेप पूर्ण रूपमा बन्द नभएसम्म दैनिक कार्यसञ्चालन गर्न असमर्थ रहेको भन्दै सामूहिक सरुवाको लागि भन्सार विभागका महानिर्देशकसमक्ष निवेदन दिएका थिए। तर, सोको सुनुवाइ नभएको तथा कार्य वातावरण झन् बिग्रँदै गएको भन्दै कर्मचारीहरूले विरोधका कार्यक्रम घोषणा गरेका छन्। 

पछिल्लो समय विमानस्थलको भन्सार पास भई बाहिरिएको तस्करीको ६० केजी सुन पक्राउपछि अनुसन्धानको क्रममा भन्सारका कर्मचारी पक्राउ परिरहेका छन्। प्रहरीले त्यहाँ कार्यरत कर्मचारीहरूमाथि पनि अनुसन्धान गरिरहेको छ। यस्तोमा त्यहाँ कार्यरत सबै कर्मचारी आन्दोलित भएका हुन्। 

यस्ता छन् माग –