१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार २o:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कर्णाली नदीमा बढ्यो पानीको बहाव, माछा मार्न हिँडेका युवक टापुमा अलपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार २o:१८:oo

माछा मार्न गएका एक युवक हुम्लास्थित कर्णाली नदीको बीच भागमा रहेको टापुमा अलपत्र परेका छन्। नदीमा पानीको बहाव ह्वात्तै बढेपछि युवक बीच टापुमा अलपत्र परेका हुन्। 

उनी मुगु सोरु गाउँपालिका– ४ लिबुका १८ वर्षीय इबराज मल्ल रहेको लुकुना प्रहरी चौकीका इन्चार्ज असइ खडकबहादुर थापाले जानकारी दिए। असइ थापाका अनुसार ती युवा हुम्लाको अदानचुली गाउँपालिका–३ मकैकुनास्थित कर्णाली नदीको टापुमा अलपत्र परेका हुन्। 

यहाँ कर्णाली नदी हुम्ला र मुगुको सीमा भएर बग्छ। थापाले दिएको जानकारीअनुसार मल्ल साँझ ४ बजेदेखि टापुमा अलपत्र परेका हुन्। ‘नदीमा पानीको बहाव बढेपछि टापु पार गर्न नसकेर मल्ल रोकिएको खबर आएपछि उद्दार गर्ने प्रयास गरिरहेका छौँ,’ असइ थापाले नयाँ पत्रिकासँग भने, ‘तर नदीको बहाव निरन्तर बढिरहेकाले उद्दार गर्न सकिएको छैन।’ 

कर्णाली नदीका जलाधार क्षेत्रमा वर्षा भइरहेकाले बहाव बढेको हो।

ad
ad