कर्णाली नदीमा बढ्यो पानीको बहाव, माछा मार्न हिँडेका युवक टापुमा अलपत्र

आइतबार, २४ भदौ, २०८०
डिजिटल संस्करण

माछा मार्न गएका एक युवक हुम्लास्थित कर्णाली नदीको बीच भागमा रहेको टापुमा अलपत्र परेका छन्। नदीमा पानीको बहाव ह्वात्तै बढेपछि युवक बीच टापुमा अलपत्र परेका हुन्। 

उनी मुगु सोरु गाउँपालिका– ४ लिबुका १८ वर्षीय इबराज मल्ल रहेको लुकुना प्रहरी चौकीका इन्चार्ज असइ खडकबहादुर थापाले जानकारी दिए। असइ थापाका अनुसार ती युवा हुम्लाको अदानचुली गाउँपालिका–३ मकैकुनास्थित कर्णाली नदीको टापुमा अलपत्र परेका हुन्। 

यहाँ कर्णाली नदी हुम्ला र मुगुको सीमा भएर बग्छ। थापाले दिएको जानकारीअनुसार मल्ल साँझ ४ बजेदेखि टापुमा अलपत्र परेका हुन्। ‘नदीमा पानीको बहाव बढेपछि टापु पार गर्न नसकेर मल्ल रोकिएको खबर आएपछि उद्दार गर्ने प्रयास गरिरहेका छौँ,’ असइ थापाले नयाँ पत्रिकासँग भने, ‘तर नदीको बहाव निरन्तर बढिरहेकाले उद्दार गर्न सकिएको छैन।’ 

कर्णाली नदीका जलाधार क्षेत्रमा वर्षा भइरहेकाले बहाव बढेको हो।

सुझावित समाचार