मण्डला थिएटरमा ‘दमिनी भिर’ (तस्बिरहरू)

आइतबार, २४ भदौ, २०८०
डिजिटल संस्करण

काठमाडौंको थापागाउँस्थित मण्डला नाटकघरमा ‘दमिनी भिर’ नाटक मञ्चन भइरहेको छ।

नाटक असोज १० गतेसम्म सोमबारबाहेक हरेक दिन बेलुका ५ बजे मञ्चन हुनेछ। शुक्रबार र शनिबार भने दिउँसो १ बजे अतिरिक्त सो पनि हुनेछ।

इँगिहोपो कोइँच सुनुवारले परिकल्पना तथा निर्देशन गरेको नाटक ‘दमिनी भिर’ राजन मुकारुङद्वारा लिखित उपन्यासमा आधारित छ। दमिनी भिर’ संक्रमणकालीन नेपाली समाजको वस्तुगत अवस्था, जातीय पहिचानको मुद्दा, राजनीतिक आरोह–अवरोह, मनोविज्ञान र व्यवहारलाई नयाँ शैलीमा प्रस्तुत गरिएको छ।

यो उपन्यासले ०६९ सालमा मदन पुरस्कार पाएको थियो। थैली इन्टरटेनमेन्टको सहकार्यमा नाटक तयार भएको हो।

नाटकमा भवना उप्रेती, आकाश नेपाली, सचिन रत्न, पुनम थापा, रियर राई, सुजता गुरुङ, सुजु सुनुवार किराँती, प्रतिना राई, मणि कुलुङ राई, सोनाम लामा, कवि राई, शायोक मुकारुङ, सीता राई, किरण चाम्लिङ राई र सजितको अभिनय छ।

तस्बिरहरू :

सुझावित समाचार