मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o भदौ २३ शनिबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ २३ शनिबार १२:१६:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

मण्डला थिएटरमा ‘दमिनी भिर’ मञ्चन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २३ शनिबार १२:१६:oo

काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘दमिनी भिर’ मञ्चन सुरु भएको छ। सोमबारबाहेक हरेक दिन बेलुका पाँच बजे मञ्चन हुने नाटक असोज १० गतेसम्म चल्नेछ। शुक्रबार र शनिबार भने दिउँसो १ बजे अतिरिक्त सो पनि हुनेछ। 

इँगिहोपो कोइँच सुनुवारले परिकल्पना तथा निर्देशन गरेको नाटक ‘दमिनी भिर’ राजन मुकारुङद्वारा लिखित उपन्यासमा आधारित छ। यो उपन्यासले २०६९ सालमा मदन पुरस्कार पाएका थियो। 

नाटकमा भावना उप्रेती, आकाश नेपाली, सचिन रत्न, पुनम थापा, रियर राई, सुजता गुरुङ, सुजु सुनुवार किराँती, प्रतिना राई, मणि कुलुङ राई, सोनाम लामा, कवि राई, सायोक मुकारुङ, शीत राई, किरण चाम्लिङ राई र सजितको अभिनय छ। थैली इन्टरटेनमेन्टको सहकार्यमा नाटक तयार भएको हो। नाटक समता फाउन्डेसन र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले निर्माण गरेका हुन्।