
हिजोआज आधुनिक घरमा झ्याल, ढोका, फ्लोरलगायतको डिजाइनसँगै फल्स सिलिङ अनिवार्य प्रयोग गर्न थालिएको छ । फल्स सिलिङले घरका कोठालाई आकर्षक र फरक देखाउन सहयोग गर्छ । सिलिङभन्दा केही तल निर्माण गरिने भएकाले नै यसलाई फल्स सिलिङ भनिन्छ । सिमेन्ट, उडन, जिप्सन बोर्डलगायत प्रयोग गरेर फल्स सिलिङ बनाउने गरिन्छ । भान्सा कोठा, बैठक कोठालगायत सबै कोठाका सिलिङलाई फरक डिजाइनमा ढाल्न सकिन्छ ।
फल्स सिलिङ किन प्रयोग गर्ने ?
- खासगरी, घर निर्माण गर्दा बीचमा बिम परेको हुन्छ । यसले गर्दा घरको भित्री लुक्सलाई नराम्रो देखाउँछ । त्यसैले बिम छोप्न फल्स सिलिङ प्रयोग गरिन्छ ।
- घरको भित्री कोठाका लागि लाइट धेरै राखिन्छ । लाइटका तारलाइन ढाक्न पनि फल्स सिलिङको प्रयोग गरिन्छ । कोठाको भित्री सौन्दर्य बढाउन पनि फल्स
सिलिङ गरिन्छ ।
- फल्स सिलिङ प्रयोग गर्दा कोठाको उचाइ घट्छ तसर्थ, फल्स सिलिङ गर्ने हो भने घर बनाउँदा नै कोठाको उचाइ बढाएर बनाउनु राम्रो हुन्छ फल्स सिलिङका लागि कम्तीमा ९ फिट उचाइ राम्रो हुन्छ । त्योभन्दा माथि जति गर्न पनि सकिन्छ ।
- फल्स सिलिङ रोजाइअनुसारका रङ र थिममा बनाउन मिल्छ । सानो कोठामा एउटै रङ प्रयोग गर्नु राम्रो हुन्छ । ठूलो कोठा वा हल भए धेरै रङ र डिजाइन प्रयोग
गर्न सकिन्छ ।
- सिलिङमा लाइट र रङ संयोजनमा विशेष ध्यान दिनुपर्छ । सिलिङमा रङ लगाउँदा भित्ताको रङ कस्तो छ भन्ने ख्याल गर्नुपर्ने हुन्छ । कृत्रिम प्रकाश र रङ मिलाउँदा अझ राम्रो हुन्छ । सिलिङमा ह्वाइट वा ह्वाइट क्रिम कलर प्रयोग गर्दा पनि हुन्छ ।
- फल्स सिलिङ गर्दा लाइटमा पनि विशेष ध्यान दिनुपर्छ ।