१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o९:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिमेन्ट निर्यात गर्न चौधरी ग्रुपको अदानी ग्रुपसँग साझेदारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:४५:oo

नेपालको चौधरी ग्रुप र भारतको अदानी ग्रुपले दुई दशेबीच सिमेन्ट बिजनेस बढाउन रणनीतिक साझेदारी गर्ने सहमति गरेका छन् । नेपालसँग सिमाना जोडिएका भारतीय राज्यहरूमा सिमेन्ट आपूर्ति गर्न दुई देशका चर्चित व्यावसायिक घरानाले नयाँ अध्याय सुरु गरेका हुन् ।

दुई देशबीच आर्थिक र व्यापारिक सम्बन्ध बढाउन यो साझेदारी महत्वपूर्ण कोसेढुंगा सावित हुने चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले बताए । उनले भने, ‘रणनीतिक सहकार्यमार्फत हामी आर्थिक वृद्धि र विकासमा सक्रिय योगदान दिँदै नेपाल–भारत आर्थिक र व्यापारिक सम्बन्धलाई अझ बढी सुदृढ पार्न चाहन्छौँ ।’  

साझा मूल्य–मान्यता र आकांक्षा प्रतिबिम्बित गर्दै द्विपक्षीय आर्थिक सम्बन्धलाई बढावा दिनेतर्फ सकारात्मक प्रभाव पार्ने दुवै समूहको विश्वास छ । ‘अदानी समूहसँग व्यावसायिक सहकार्य गर्ने अवसरका लागि धन्यवाद दिन चाहन्छु,’ चौधरीले भने, ‘अदानी ग्रुपका चेयरपर्सन गौतम अदानीलाई यस रणनीतिक साझेदारीलाई सफल बनाउन नेतृत्व दिई भूमिका खेलेको र अटल समर्थनका लागि आभार व्यक्त गर्छु ।’ 

चौधरी ग्रुप नेपालको प्रतिष्ठित औद्योगिक घराना हो । उद्योग, एफएमसिजी, हस्पिटालिटी, रियल इस्टेट, फाइनान्सलगायत क्षेत्रमा यो ग्रुपको लगानी रहको छ । चौधरी ग्रुपले सिजी सिमेन्ट उत्पादन गर्दै आएको छ । त्यस्तै, क्लिंकरसमेत उत्पादन र निर्यात गरिरहेको छ । 

भारतको प्रतिष्ठि औद्योगिक–व्यावसायिक समूह अदानी ग्रुप पूर्वाधारमा पायोनियर छ । अदानीको ऊर्जा, यातायात, एयरपोर्ट, सेजलगायत थुप्रै क्षेत्रमा लगानी रहेको छ । अदानीले नेपालको जलविद्युत् क्षेत्रमा समेत लगानी गर्न चासो देखाउँदै आएको छ ।

ad
ad