१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १६:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चार महिनादेखि फरार ढोरपाटनका मेयरविरुद्ध रेडकर्नर नोटिस जारी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:३७:oo

लामो समयदेखि फरार रहेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीलाई इन्टरपोलमार्फत खोज्न थालिएको छ।

बागलुङमा सञ्चालित इमेज बचत तथा ऋण सहकारी संस्थाको डेढ अर्बभन्दा बढी रुपैयाँ हिनामिना गरी फरार भएका नेपालीलाई रेडकर्नर नोटिस जारी गरी खोजी कार्य अगाडि बढाइएको हो। 

मेयर नेपालीलगायत सहकारी सञ्चालक कुल एक अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रूपैयाँ बिगो दाबीसहित एक हजार पाँच सय ९५ जना बचतकर्ताले ठगी मुद्दाको उजुरी दिएपछि उनीमाथि अनुसन्धान जारी छ।

सहकारीमा सेयर सदस्य र बचतकर्तासहित झन्डै डेढ अर्बभन्दा बढी रुपैयाँ बचत अपचलन गरेको प्रारम्भिक छानबिनले देखाएको छ। सोही आधारमा प्रहरीले अनुसन्धान गरी उनीविरुद्ध सहकारी ठगीको मुद्दा दर्ता गराएको छ।ढोरपाटन– १ घर भएका मेयर नेपालीसहित ११ जना सञ्चालकविरुद्ध २५ असारमा बागलुङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। 

मेयर नेपाली पक्राउ नपरेपछि जिल्ला प्रहरी कार्यालयले एक महिना अगाडि नै प्रहरी प्रधान कार्यालय इन्टरपोल महाशाखालाई रेडकर्नर नोटिसका लागि पत्र पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए। 

जिल्लाबाट केन्द्रीय कार्यालयमा पत्र पठाएसँगै उनको नाम केन्द्रीय कार्यालयले रेडकर्नर नोटिसमा राखेको बताइएको छ। मेयर नेपाली जेठ ५ गतेदेखि सपरिवार बुर्तिवाङ बजारबाट सम्पर्कविहीन भएका थिए। 

पोखरा र बागलुङ बजारमा मुख्य कार्यालयसहित गलकोट, बुर्तिवाङ बजारमा सेवा केन्द्रमार्फत बचत संकलन गरी उक्त रकम हिनामिना गरी फरार भएका नेपाली विदेशमा लुकेर बसेको आशंकामा इन्टरपोलमार्फत खोजी गर्न प्रहरीले रेडकर्नर नोटिस जारी गरेको प्रहरी नायव उपरीक्षक केसीले जानकारी दिए। 

उनी सम्पर्कविहीन भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले इमेज सहकारीका कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनील नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यत्रय चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीविरुद्ध अनुसन्धान अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय बागलुङलाई जेठ १६ मा पत्राचार गरेको थियो। 

गत ४ साउनमा इमेज बचत तथा ऋण सहकारीका बचतकर्ताको अर्बौँ रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक चित्रबहादुर भण्डारी र कर्मचारीहरू प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई अदालतले थुनामा राख्न आदेश दिएको थियो। 
 
नेपाली फरार भएपछि बचतकर्ताले चरणबद्ध आन्दोलन गर्दै आएका थिए। उनीहरूले जिल्लाका राजनीतिक दल र विभिन्न सरोकारवाला निकायसँग आफ्नो रकम फिर्ता गर्नका लागि सहजीकरण गरिदिन आग्रहसमेत गरेका छन्। 

बागलुङ सदरमुकामसहित गलकोट, बुर्तिवाङ र पोखरामा पनि शाखा रहेको इमेज सहकारीमा आकर्षक ब्याज दिने आश्वासनका कारण सयौँले बचत गरेका थिए। सेयर सदस्य नभएकाहरू धेरैसँग सहकारीले कारोबारसमेत गरेको थियो। गत ६ वैशाखमा सञ्चालक समितिको बैठकको निर्णय भन्दै वैशाख ७ गतेदेखि इमेज सहकारी संस्था बन्द छ। 

सुरुमा तरलता अभाव भनिए पनि त्यसपछि सहकारी खुलेको छैन। जेठ पहिलो सातादेखि सहकारीका अध्यक्ष नेपाली फरार छन्। 


 

ad
ad