मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o भदौ २० बुधबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ २० बुधबार १७:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेभित्र भयानक अलमल छ, देशव्यापी पहिरो जान्छ : नेता खनाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ २० बुधबार १७:o१:oo

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले पार्टीभित्र विस्फोट हुने दाबी गरेका छन्।  

बुधबार नेपाल आदिवासी जनजाति महासंघ(समाजवादी)को काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै सम्मानित नेता खनालले प्रमुख प्रतिपक्ष पार्टी नेकपा(एमाले)भित्र विस्फोट र विद्रोह हुने बताएका हुन्। 

उनले एमालेभित्र देशव्यापी रूपमा पहिरो जाने बताउँदै एमालेको दक्षिणपन्थी कार्यदिशाका कारण पार्टी भित्रैबाट विद्रोह हुने उल्लेख गरे। जनताको बहुदलीय जनवादबाट समाजवाद आउँदैन भन्ने कुरा एमालेले बुझ्नुपर्ने बताउँदै एमाले आफ्ना नीतिहरूमा परिवर्तन गर्न बाध्य हुने नेता खनालले तर्क गरे। 

एमालेको गलत कार्यदिशाका कारण आफूहरूले सो पार्टीबाट विद्रोह गरेको भन्दै आफूहरूले सही विचार र कार्यदिशा लिनुपर्ने उनको भनाइ थियो। नेता खनालले एमाले राप्रपा, लोसपा र कांग्रेस जोसँग पनि गठबन्धन गर्न तयार भएको भन्दै ऊसँग कुनै सिद्धान्त, दृष्टिकोण नभएको र भयानक अलमलमा रहेको टिप्पणी गरे। 

सम्मानित नेता खनालले एमसिसी पारित भएसँगै प्रत्येक महिना अमेरिकी नेताहरू नेपाल आइरहेकाे भन्दै यसप्रति आशंका व्यक्त गरे। उनले एउटा छिमेकी राष्ट्र नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भनेर लागेको र पश्चिमी राष्ट्रहरू नेपालमा क्रिश्चियन धर्म प्रचारमा लागेको भन्दै यसतर्फ नेपालीहरू सचेत हुनुपर्ने बताए।