मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २० बुधबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ २० बुधबार १६:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बिदाको दिन सरकारी गाडी चलाएको भन्दै युवा संघद्वारा विरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २० बुधबार १६:o४:oo

सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन दुरुपयोग भएको भन्दै नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले विरोध जनाएको छ।

युवा संघले सार्वजनिक बिदामा विनापासका सवारीसाधन चलाउनेविरुद्ध सडक संघर्ष गरेको हो। युवा संघले काठमाडौंको कलंकी, बालाजु, बानेश्वर  र भक्तपुरको सूर्यविनायक तथा ललितपुरमा सडक संघर्ष गरेको छ।

युवा संघका प्रवक्ता निरोज पौडेलका अनुसार अब देशभर सार्वजनिक बिदाको दिन चलाउने सरकारी गाडी रोकेर विनापासका सवारीलाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएउने बताए।

युवा संघले सवारीसाधन नियन्त्रणमा लिन थालेपछि थप क्षति हुन नदिन प्रहरी वृत्त कालीमाटीका डिएसपी नरहरि अधिकारी र ट्राफिक प्रहरी प्रभाग कलंकीका प्रमुख प्रहरी निरीक्षक युवराज कटुवाल सडकमा देखिएका थिए।