१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o६:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

जगदम्बाले सुरु गर्‍यो प्राइम बिलेट उत्पादन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:o१:oo

जगदम्बा इन्टरप्राइजेज प्रालिले अत्याधुनिक एलआरएफ (ल्याडल रिफाइनिङ फर्नेस) प्रविधिमार्फत प्राइम बिलेट उत्पादन सुरु गरेको छ । कम्पनीले भूकम्प प्रतिरोधी डन्डी बनाउन प्रयोग हुने प्राइम बिलेट नेपालमै पहिलोपटक उत्पादन सुरु गरेको हो । 

भूकम्पले निकै ठूलो प्रभाव पारेको नेपालमा एफई ५०० डी गुणस्तरको फलामे डन्डीको माग र प्रयोग बढ्दो क्रममा रहेको कम्पनीले जनाएको छ ।

एफई ५०० डी डन्डी भूकम्प प्रतिरोधात्मक हुने र यस्तो डन्डी केवल प्राइम बिलेटबाट मात्र बन्ने कम्पनीको दाबी छ । कम्पनीले हाल जगशक्ति गोल्ड ब्रान्डमा एफई ५०० डी डन्डीको उत्पादन एवं बिक्री–वितरण गर्दै आएको जनाएको छ ।वीरगन्ज–पथलैया औद्योगिक करिडोरको चोर्नीमा रहेको कम्पनीले जिआई पाइप, ब्ल्याक पाइप, त्युबुलार र पोल, हाइमास्ट पोल, फेब्रिकेसन तथा अन्य विभिन्न किसिमका फलामजन्य वस्तुहरूको उत्पादन गर्दै आएको जनाएको छ ।

ad
ad