मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १३ बुधबार
  • Wednesday, 29 November, 2023
नयाँ पत्रिका ताप्लेजुङ
२०८० भदौ १९ मंगलबार १०:१८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तीन महिनापछि ताप्लेजुङ–काठमाडौं उडान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ताप्लेजुङ
२०८० भदौ १९ मंगलबार १०:१८:००

काठमाडौंदेखि ताप्लेजुङको सुकेटारमा करिब तीन महिनादेखि बन्द भएको हवाई सेवा सोमबारदेखि सुरु भएको छ । नेपाल एयरलाइन्सले करिब तीन महिनापछि काठमाडाैं–सुकेटार उडान सुरु गरेको हो । खराब मौसमलगायतका कारण गएको जेठ २४ गतेदेखि काठमाडाैं–सुकेटार उडान बन्द भएको थियो । मौसममा सुधार आएसँगै सोमबारदेखि नियमित उडान सुरु भएको नेपाल एयरलाइन्सका ताप्लेजुङ प्रमुख सचिन तिवारीले बताए ।

लामो समयपछि भएको उडानमार्फत काठमाडौंबाट ६ जना यात्री ताप्लेजुङ आएका छन् । ताप्लेजुङबाट भने एकजना यात्री काठमाडाैं गएका छन् । नेपाल एयरलाइन्सले साताको सोमबार, बिहीबार र शनिबार नियमित उडान गर्ने प्रमुख तिवारीले बताए । करिब एक हजार आठ सय मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्सातको समयमा प्रायः हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने गरेको छ । 

यसैबीच पहिलाको भन्दा उडानको भाडादरसमेत घटाइएको छ । काठमाडौं–ताप्लेजुङको भाडा यसअघि नौ हजार ६ सय ५३ रुपैयाँ थियो । सो भाडा घटाएर अहिले आठ हजार ६ सय  कायम गरिएको छ । यस्तै, ताप्लेजुङ–काठमाडांैको भाडा यसअघि नौ हजार चार सय ५३ रुपैयाँ भएकोमा यसलाई घटाएर आठ हजार चार सय रुपैयाँमा झारिएको छ ।