मर्स्याङ्दी नदीमा बस खस्दा चालक बेपत्ता

आइतबार, १७ भदौ, २०८०
डिजिटल संस्करण

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा नदीमा बस खस्दा चालक बेपत्ता भएका छन्।

प्रहरीका अनुसार शनिबार मध्यराति चितवनको भरतपुर महानगरपालिका– १३ घर भई हाल मर्स्याङ्दी गाउँपालिका– ७ ङादी बस्दै आएका ४० वर्षीय खेमबहादुर भुजेल बेपत्ता भएका हुन्।

बस मर्मत गरी ङादीतर्फ जाने क्रममा शनिबार राति साढे १२ बजेतिर बस नदीमा खसेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए। प्रहरीका अनुसार बस सडकबाट करिब १५–२० मिटर तल खसेर मर्स्याङ्दीमा अधिकांश भाग डुबेको छ। 

खुदी प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक प्रेमप्रसाद शर्माले बेँसीसहरबाट शनिबार यात्रु लिएर गएको ध.१ख ३७२ नम्बरको बस बाटोमा बिग्रिएकाले मर्मत गरी राति ङादीतर्फ जाँदै गर्दा दुर्घटनामा परेको बताए। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

See More On

सुझावित समाचार