१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १७ आइतबार
  • Friday, 09 May, 2025
२o८o भदौ १७ आइतबार १४:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकार जनताप्रति उत्तरदायी नभए अपजसको भारी कांग्रेसले बोक्दैन : नेता महर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ १७ आइतबार १४:१९:oo

सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्ने कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बताएका छन्।

कांग्रेस नवलपुरले पार्टी कार्यालय कावासोतीमा आयोजना गरेको अन्तर्क्रियालाई सम्बोधन गर्दै नेता महरले सरकार जनताप्रति उत्तरदायी नभए कांग्रेसले सरकारको अपजसको भारी नबोक्ने चेतावनी दिएका हुन्।

‘सरकार जनताप्रति जिम्मेवार हुनुपर्छ। प्राकृतिक र दैविक विपत्ति हुँदा सरकार समयमै जनताको घरमा पुग्नुपर्छ। मल नपाएका किसानका खेतमा मलखाद पुग्नुपर्छ। लम्पी स्किनबाट ग्रसित किसानका गोठमा भ्याक्सिन पुग्नुपर्छ। महँगी नियन्त्रणमा सरकारको भूमिका देखिनुपर्छ। राष्ट्रियतामा सरकारले चट्टानी अडान राख्नुपर्छ । नत्र जनता आफैँले सरकारको विकल्प खोज्नेछन्। कांग्रेस सधैँ सरकारको कमजोरी र त्यसको अपजस बोक्ने अवस्थामा अब छैन,’ महरले भने। 

उनले सरकारमाथि लागेका विभिन्न आरोपको खण्डन गर्दै जनतालाई सत्यताबारे प्रस्ट पार्न सक्नुपर्ने बताए। कांग्रेस जनताको पार्टी भएकाले जनभावनाविपरीतका कुनै कार्य स्वीकार्य नहुने उनको भनाइ थियो।