Skip This
बिगमार्टमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा छुट
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १४ बिहीबार
  • Friday, 26 July, 2024
२o८o भदौ १४ बिहीबार ११:५८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बिगमार्टमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ १४ बिहीबार ११:५८:oo

स्मार्ट क्युआरले बिगमार्टमा तरकारी तथा फलफूल  खरिदमा छुट पाउने व्यवस्था पुनः सुरु गरेको छ । बिगमार्टसँग सहकार्य गर्दै फलफूल तथा तरकारी खरिद गर्दा स्मार्ट क्युआरमार्फत भुक्तानीमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने योजना पुनः सुरु गरेको हो । 

योजनाअन्तर्गत ग्राहकले तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा हरेक बुधबार र शनिबार छुट प्राप्त गर्न सक्ने जनाइएको छ । स्मार्ट क्युआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्था, वालेट तथा विभिन्न सहकारीका एपमार्फत ग्राहकले बिगमार्टको सम्पूर्ण शाखामा क्युआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्ने उल्लेख छ । 

साथै, स्मार्ट क्युआर र नेपाल पे क्युआरको अन्तरआबद्धता सुचारु भएसँगै नेपाल पेमा आबद्ध भई स्मार्ट क्युआरमा भुक्तानी गर्न सुचारु गरेका विभिन्न बैंक तथा वालेटले पनि छुट प्राप्त गर्न सक्ने स्मार्ट च्वाइस टेक्नोलोजी (एससिटी)ले जनाएको छ ।