१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
मुल्तान प्रस्थान गर्नुअघि आइतबार कराँची रंगशालामा अन्तिम अभ्यास गर्दै नेपाली खेलाडी । इन्सेटमा सन्दीप लामिछाने ।
२o८१ बैशाख १९ बुधबार o७:१o:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एसिया कप खेल्न सन्दीप आज पाकिस्तान जाँदै

नेपालले आइसिसी एकदिवसीय वरीयताको शीर्ष स्थानमा रहेको पाकिस्तानसँग १३ भदौमा प्रतिस्पर्धा गर्ने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:१o:oo

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने एसिसी एसिया कप खेल्न आज (सोमबार) पाकिस्तान जाँदै छन् । नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई कतार एयरवेजको फ्लाइटबाट पाकिस्तान पठाउन लागेको हो । उनी बिहान ११ः२० मा दोहा हुँदै मुल्तान पुग्ने कार्यतालिका छ । काठमाडौं जिल्ला अदालतले आइतबार सन्दीपको पेसी २१ भदौलाई सारेपछि उनको एसिया कप खेल्ने बाटो खुला भएको हो । अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितले सन्दीपको मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा राखेका छन् । 

काठमाडौं जिल्ला अदालतमा सन्दीपको सुनुवाइ चौथो नम्बरका थियो । ‘अर्काे पेसी चढेसँगै उनी पाकिस्तान जाँदै छन्,’ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले नयाँ पत्रिकासँग भने । ५ भदौमा नेपाली टोली पाकिस्तान पुगेको थियो । कराँची पुगेको नेपाली खेलाडीले गत बिहीबारदेखि अभ्यास गरेका थिए । पहिलोपटक एसिया कपमा छनोट भएको नेपालले समूह ‘ए’मा एकदिवसीय क्रिकेट प्रतियोगिताको पूर्व विश्व च्याम्पियन भारत र पाकिस्तानविरुद्ध खेल्नेछ । नेपालले १३ भदौमा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । १८ भदौमा नेपालले भारतसँग खेल्ने तालिका छ । 

यसैबीच, कराँचीमा चार दिनको अभ्यासपछि रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टोली आइतबार मुल्तान पुगेको छ । नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले पाकिस्तानमा तयारी राम्रो भएको बताएका छन् । ‘भारत र पाकिस्तानसँग खेल्न पाउनु नै ठूलो अवसर हो । युवा खेलाडीले राम्रो तयारी गरेका छन्,’ उनले भने, ‘राम्रो प्रदर्शन हुनेमा विश्वस्त छौँ । नेपाली टोलीले कराँचीमा स्थानीय टोलीविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । बंगलादेश टोली सकिब अल हसनको कप्तानीमा श्रीलंका पुगेको छ । 

पाकिस्तान नम्बर एक राष्ट्र
आइसिसीले आइतबार एकदिवसीय वरीयता सार्वजनिक गरेको छ । नयाँ वरीयताअनुसार एसिया कपको आयोजक पाकिस्तान शीर्ष स्थानमा उक्लेको छ । अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिज ३–० ले जितेसँगै पाकिस्तान शीर्ष स्थानमा उक्लिएको  हो । अस्ट्रेलियालाई पछि पार्दै पाकिस्तानले शीर्ष स्थान हात पारेको हो । पाकिस्तानले सर्वाधिक ११८ अंक जोडेको छ । दोस्रो स्थानमा अस्ट्रेलिया रहेको छ । ११३ अंकका साथ भारत तेस्रो स्थानमा छ । 

एकदिवसीय नम्बर एक टोली पाकिस्तान र भारतविरुद्ध एसिया कपमा खेल्ने नेपाल १५औँ स्थानमा छ । पाकिस्तानका कप्तान बाबर अजाम एकदिवसीय ब्याट्सम्यानको वरीयतामा शीर्ष स्थानमा छन् । ओपनर इमाम उल हक तेस्रो स्थानमा छन् । एसिया कप २०२३ को उद्घाटन खेलमा पाकिस्तानसँग खेल्दा नेपालले इतिहास बनाउनेछ । नेपालले विश्वको शीर्ष वरीयताको राष्ट्रसँग पहिलोपटक खेल्नेछ । 

 १८ वर्षपछि बिसिसिआई पदाधिकारी पाकिस्तान जाँदै 
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)का पदाधिकारीले १८ वर्षपछि पाकिस्तानको भ्रमण गर्ने भएका छन् । बिसिसिआईका अध्यक्ष रोजर बिनी र उपाध्यक्ष राजीव शुक्ला एसिया कप हेर्न पाकिस्तानको मुल्तान जाने भएको भारतीय मिडियाले जनाएका छन् । 

बिसिसिआईका सचिव तथा पूर्वअध्यक्ष जय साहको भ्रमणबारे अझै टुंगो लागेको छैन । ‘पाकिस्तान जान कुनै आपत्ति छैन, त्यहाँ सधैँ सत्कार पाउँदै आएको छु,’ अध्यक्ष बिनीले भने । बिनी सन् २००५ मा पाकिस्तान भ्रमणमा गएका थिए ।
पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले बिसिसिआईका पदाधिकारीलाई उद्घाटन खेल हेर्न निमन्त्रणा गरेको हो । आन्तरिक विवादका कारण भारत र पाकिस्तानबीच क्रिकेट प्रतियोगिता हुन सकेको छैन । पाकिस्तानले भारतमा आएर क्रिकेट खेलेको अवस्था छ । एसिया कप पाकिस्तानमै हुने भएपछि भारतले मुल्तानमा खेल खेल्न अस्वीकार गरेको थियो । त्यसपछि एसिसीले प्रतियोगिताका बाँकी खेल श्रीलंकामा सारेको हो ।

अफगानिस्तानको टोली घोषणा 
एसिया कपका लागि अफगानिस्तानले अन्तिम टोली घोषणा गरेको छ । पाकिस्तानविरुद्ध तीन एकदिवसीय शृंखला खेलेपछि अफगानिस्तानले अन्तिम खेलाडी चयन गरेको हो । अफगानिस्तान क्रिकेट बोर्डले हसमतुल्लाह साहिदीको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको छ । टोलीमा रहमानुल्लाह गुर्बाज (विकेटकिपर), इब्राहिम जाद्रान, रियाज हसन, रहमत साह, नजिबुल्लाह जाद्रान, मोहम्मद नाबी, इकराम अलिखिल, रसिद खान, गुलबदिन नैब र करिम जन्नत छन् । यसैगरी, अब्दुला रहमान, सराफुद्दिन असरफ, मुजिब उर रहमान, नूर अहमद, मोहम्मद सलिम र फैजल हक फारूकी छन् । समूह ‘बी’मा रहेको अफगानिस्तानले पहिलो खेल बंगलादेश र दोस्रो खेलमा सहआयोजक श्रीलंकासँग खेल्नेछ ।

ad
ad