१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १३:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सिँजामा केदारनाथ महोत्सव सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:३९:oo

सिँजाको ऐतिहासिक केदारनाथ महोत्सव सुरु भएको छ। साउन पूर्णिमा, एकादशी केदारनाथको मेला, भारा न्हान्य, गौजो काट्ने वर माग्ने मेला भन्ने मूल नाराका साथ सिँजा गाउँपालिका– ४ बारेगाउँनजिकैको केदारनाथ मन्दिरमा महोत्सव आयोजना गरिएको हो। 

तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा स्याउ प्रदर्शनीसमेत हुने पालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए। उनले भने, ‘केदारनाथको ऐतिहासिक तथा धार्मिक महत्व छ। तर, उचित प्रचारप्रसारको अभावमा सधैँ ओझेलमा परिरहेको छ। महोत्सव आयोजना गरेर धार्मिक पर्यटनको केन्द्र बनाउने लक्ष्य राखिएको छ।’

पुर्खाहरूको योगदान, खसहरूको विरासत, भाषा संस्कृतिको जननी, नाथहरूको नाथ, साउनको शुक्ल एकादशी पुण्यकर्म र पर्यटन प्रवर्द्धन गर्न पुगौँ केदारनाथ भन्ने नारासमेत महोत्सवको तय गरिएको छ।

महोत्सवको उद्घाटन कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री कृष्णकुमार विसीलगायतका अतिथिले गरेका हुन्।

ad
ad