१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o८:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेसको ‘पोलिसी ह्याकाथन’ सम्पन्न उत्कृष्ट तीन आइडिया छनोट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:o१:oo

गिग इकोनोमी र क्लाइमेट एक्सनसम्बन्धी उत्कृष्ट आइडिया नीति–निर्माण तहमा समावेश गर्ने 

कांग्रेसको ‘पोलिसी ह्याकाथन’बाट तीन उत्कृष्ट अवधारणा छनोट भएको छ । सर्टलिस्टमा परेका १० मध्ये शनिबार सम्पन्न ह्याकथनको फाइनल कार्यक्रमबाट तीन अवधारणा छनोट भएका हुन् । 

कांग्रेसले छनोट गरेका अवधारणालाई ग्रहण गरी नीति निर्माण तहमा समावेश गर्न पहल गर्ने उद्देश्यले ‘पोलिसी ह्याकाथन’ आयोजना गरेको हो । प्रतियोगिताबाट छनोट हुनेमा दुई अर्थतन्त्र र एक जलवायुसम्बन्धी अवधारणा छन् । प्रतिस्पर्धामा मन्दीप सुवेदी, अमित खनाल र विप्लवी न्यौपानेले प्रस्तुत गरेको अर्थतन्त्रबारे आइडिया प्रथम भएको छ । सदीक्षा सिलवाल, स्वीकृति कुटाल र मिलनजंग कटुवालले प्रस्तुत गरेको अर्थतन्त्रबारेको अवधारणा दोस्रो भएको छ भने ऐश्वर्या श्रेष्ठ, सोनिया पहाडी, दीपेन्द्र अमात्य विजेन... ले प्रस्तुत गरेको जलवायु परिवर्तनसँग सम्बन्धित आइडिया तेस्रो भएको छ । शनिबारै आयोजित विजेता घोषणा कार्यक्रममा पहिलो उत्कृष्ट आइडियालाई तीन लाख, दोस्रोलाई एक लाख पचास हजार र तेस्रोलाई पचास हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमका लागि अनलाइनमार्फत २२७ टिमबाट आठ सय युवाले आवेदन दिएका थिए । जसमध्येबाट निर्णायक मण्डलले १० वटा आइडिया सर्टलिस्ट गरेका थिए । तिनमा क्लाइमेट चेन्जका चार र गिग इकोनोमीसम्बन्धी ६ आइडिया थिए । 

कार्यक्रमकोे समापन गर्दै पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उत्कृष्ट आइडियालाई कांग्रेसले ग्रहण गरी नीति–निर्माण तहमा समावेश गर्ने बताए । उनले ह्याकाथनबाट यी दुई विषयमा रहेका ‘पोलिसी ग्याप’लाई युवाहरूले औँल्याएको बताए । उनले जलवायु परिवर्तन विश्वकै जटिल समस्याको रूपमा रहेको भन्दै गिग इकोनोमीले अर्थतन्त्रको दायरा बढाउन भूमिका खेल्ने बताए । ‘गिग इकोनोमी र क्लाइमेट चेन्जबारे हामीले गरेको ह्याकाथन नयाँ प्रयोग हो । युवाका मुद्दालाई कांग्रेससँग जोड्ने र नीति निर्माण तहमा पुर्‍याउने कांग्रेसको प्रयास हो । कार्यक्रममा देश–विदेशबाट थुुप्रै युवा जोडिनुभएको छ । संसारभरि नै क्लाइमेट एक्सन जरुरी छ । झनै हिमाल भएको हाम्रो मुलुकलाई यो आवश्यक छ । हिउँ पग्लिएको छ, हिउँले ढाकिएका पहाडहरू नांगिएका छन् । गिग इकोनोमी उदय भइरहँदा नेपालमा पनि नीतिगत बहस भइरहेका छन् । नेपाली युवाहरूले स्वरोजगार र स्वआर्जन गर्ने प्रणाली विकास गर्न सके हाम्रो अर्थतन्त्र फराकिलो हुन्छ । धेरै अवसर सिर्जना हुन सक्छन् । यसबारे आवश्यक अनुसन्धान र नीति–निर्माणमा लैजान आवश्यक छ । कांग्रेसले यसलाई प्राथमिकतामा राख्नेछ । यसरी आएका रचनात्मक सुझावलाई ग्रहण गरी नीतिगत तहमा उठाउनेछ,’ सभापति देउवाले भने । 

२ देखि १० साउनसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले पारित गरेको कार्यक्रमअन्तर्गत युवालाई आकर्षित गर्न कांग्रेसले अन्तर्राष्ट्रिय युवा दिवस (१२ अगस्ट)को अवसर पारेर ‘पोलिसी ह्याकाथन’ कार्यक्रम आयोजना गरेको हो । केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेको वार्षिक कार्यक्रम क्यालेन्डरमा पोलिसी ह्याकाथन उल्लेख थियो । कार्यक्रम संयोजक सहमहामन्त्री जीवन परियारका अनुसार नीति निर्माण प्रक्रियामा युवा सहभागिता बढाउन प्रतियोगिता आयोजना गरिएको थियोे ।

ad
ad