मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १४ बिहीबार
  • Thursday, 30 November, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ ८ शुक्रबार १६:१०:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मलेसियासँग हारे पनि नेपाल फाइनल प्रवेश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ ८ शुक्रबार १६:१०:००

नेपाल चार देश सम्मिलित महिला टी–२० सिरिजको फाइनलमा पुगेको छ। आज भएको खेलमा मलेसियासँग हारे पनि नेपालले फाइनल खेल्न पाउने भएको हो। 

नेपालले दिएको ८४ रनको सामान्य लक्ष्य मलेसियाले १६ ओभर २ बलमा ४ विकेट क्षतिमा पूरा गरेका हो। 

मलेसियाका लागि अइना हमिजा हसिमले नटआउट ३७ र माहिराह इजाती इस्मेलले २१ रन बनाइन्। बलिङतर्फ नेपालकी कप्तान रुबिना क्षेत्री, पूजा महतो र सीता राना मगरले एक–एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनाएका थियो। 

वर्षाका कारण २० ओभरको खेल १८ ओभरमा झारिएको थियो। नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २३, इन्दु बर्माले २० र विकेटकिपर काजल श्रेष्ठले १८ रन बनाए। बलिङतर्फ मलेसियाकी अइना हमिजा हसिम, नुर दानिया स्युहादा र माहिराह इजाती इस्मेलले दुई–दुई विकेट लिइन्।

नेपाल तीन खेलमा चार अंकसहित शीर्ष स्थानमा छ। यस्तै, हङकङ पनि समान खेलमा चार अंकसहित दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो। मलेसियाले चार अंक जोडे पनि नेट रनरेटमा पछाडि पर्दा फाइनल पुग्न सकेन। फाइनल खेल भोलि शनिबार हुनेछ।