मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o भदौ ८ शुक्रबार
  • Tuesday, 01 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ८ शुक्रबार १५:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘ओलीको उदयसँगै राजनीतिमा घृणाकाे संस्कृति सुरु भयो’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ८ शुक्रबार १५:३४:oo

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमाले अध्यक्ष केपी ओलीको राजनीतिक उदयसँगै राजनीतिमा घृणा सुरु भएको आरोप लगाएका छन्। 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। राजनीतिमा ओलीको उदयसँगै निन्दा, खुट्टा तानातान, भर्त्सना र गालीको परम्परा र संस्कृति हाबी हुँदै गएको उनको भनाइ थियो। 

नयाँ पार्टीहरूप्रति लक्षित गर्दै नेता भुसालले अहिले ओलीभन्दा पनि १० हातमाथि गएर निन्दा र भर्त्सनामा उत्रिनेहरू आएको उल्लेख गरे। 

ओलीका कारण नेपालको शिक्षामा हुनुपर्ने उल्लेख्य प्रगति हुन नसकेको र ओलीले गर्दा वाम आन्दोलनका सबै सम्भावना टुटेको उनको भनाइ थियो। 

राजनीतिमा अहिले घृणित संस्कृति हाबी भइरहेको बताउँदै उनले गठबन्धनमा रहे पनि कांग्रेस आफूहरूको सिद्धान्त, भविष्य नभएको बताए।