१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ८ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ८ शुक्रबार १२:३१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

महिला टी–२० सिरिज : मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ८ शुक्रबार १२:३१:oo

चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ। मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा मलेसियाले टस जितेपछि बलिङ रोजेको हो। जारी सिरिजमा हालसम्म दुई खेल खेलेको नेपाल अपराजित रहँदै फाइनलनजिक पुगेको छ।  

नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो। यस्तै, मलेसिया पहिलो खेलमा हङकङसित १० विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियाले कुवेतलाई आठ विकेटले पराजित गरेको थियो। 

मलेसियाविरुद्धको खेलमा टस हारेपछि नेपाल अहिले ब्याटिङ गरिरहेको छ। नेपालले केहीबेर अघिको खेलमा पाँच ओभर खेल्दै एक विकेटको क्षतिमा २३ रन बनाएको छ। नेपालले पहिलो ओभरको पाँचौँ बलमा पूजा महतोको रूपमा पहिलो विकेट गुमाएको छ। इन्दु बर्मा र काजल श्रेष्ठले अहिले खेलिरहेका छन्।  

आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेतले महिला टी–२० सिरिज खेलिरहेका छन्। यही अगस्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरूप नेपालले उक्त सिरिज खेलिरहेको छ।